• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

गौतम बुद्ध विमानस्थलमा भारतीय प्राविधिकले काम थाले, अमेरिकी प्राविधिक यसै साता आउने

64x64
नेपाल लाइभ बुधबार, फागुन ५, २०७७  १७:३४
1140x725

काठमाडौं- भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ प्राविधिक नआए पछि भारतीय दक्ष प्राविधिक ल्याएर उपकरण जडानको काम थालिएको छ। विमानस्थल निर्माणको काम गरिरहेको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले चीनबाट दक्ष प्राविधिक जनशक्ति ल्याएर उपकरण जडानको काम अगाडि बढाउन नसकेपछि केही प्राविधिक जनशक्ति भारतबाट ल्याएर काम सुरु गरेको छ।

विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले पहिलो चरणमा १० जना भारतीय प्राविधिक ल्याएर उपकरण जडानको काम थालिएको बताए। ‘पहिलो चरणमा निर्माण कम्पनीले १० जना भारतीय प्राविधिक नेपाल ल्याएर नेपालका दक्ष प्राविधिकको साथमा एसी जडान लगायतको काम थालेको छ,’ अधिकारीले भने, ‘अबको केही दिनमा निर्माण कम्पनीले थप भारतीय प्राविधिक ल्याउने छ। चिनियाँ प्राविधिक नआएपछि कम्पनीले वैकल्पिक रुपमा भारतीय प्राविधिक ल्याएर काम थालेको छ।’

अहिले भारतीय कामदरबाट उपकरण जडानको काम सम्भव भएपनि जडान पछिको उपकरणको परीक्षणका लागि भने चिनियाँ प्राविधिक नै आउनु पर्ने अधिकारी बताउँछन। कोरोनाका कारण झन्डै एक वर्षदेखि विमानस्थल निर्माणमा भौतिक संरचनाको काम सकिएपनि प्राविधिक जनशक्तिको अभावमा उपकरण जडानको काम रोएिको थियो। 

‘उपकरण जडानको काम थालनी भएको छ,’ अधिकारीले भने, ‘तर, हामीले सोचे अनुरुपमा कामले तिब्रता भने लिएको छैन। यसलाई वैकल्पिक कामको रुपमा लिएका छौं।’

चिनियाँ निर्माण कम्पनीले आइसिबी जिरो एकको काम गरिरहेको छ। आइसिबी जिरो एकमा नेभिगेसनको काम बाहेकका अन्य सबै काम पर्दछन्। दक्ष प्राविधिक जनशक्तिको अभावमा एसीका उपकरण जडान र रनवे लाइटको काम रोकिएको थियो। उपकरण भने विमानस्थलको साइटमा आइसकेको छ। 

चिनियाँ प्राविधिक कामदार नेपाल नआउँदा विमानस्थल निर्माण (आइसीबी जिरो एक) मा उपकरण जडानको काम रोकिएको थियो। नेपाल आउने हिँडेका चिनियाँ प्राविधिक पनि कोरोना देखिएपछि चीनकै विमानस्थल क्वारेन्टिनमा बसेका थिए। तर, उनीहरु पछि फेरि नेपाल नआउने गरी घर फर्केका थिए।

विमानस्थल निर्माण कम्पनीले ३५ जना प्राविधिक कामदार ल्याएर उपकरण जडानको काम गर्ने बताउँदै आएको पनि ६ महिना भन्दा बढी भइसकेको थियो। अन्ततः चिनियाँ प्राविधिक कर्मचारी नेपाल नआएपछि निर्माण कम्पनीले भारतबाट दक्ष कामदार ल्याएर सेन्ट्रल एसीलगायत टर्मिनल उपकरण जडानको काम अगाडि बढाएको हो।

अहिले निर्माण स्थलमा रहेका केही चिनियाँ प्राविधिक कर्मचारीको सहयोगमा भारतीय र  नेपाली प्राविधिक कर्मचारीले रन–वे लाइट, ब्यागेज ह्यान्डलिङ लगायतका उपकरण जडानको काम गरिरहेका छन्। निर्माण कम्पनीले यस अघि नै कन्भर बेल्ट जडानको काम पनि भारतीय दक्ष कामदारको सहयोगमा गरिरहेको थियो। अहिले पुनः थप दक्ष प्राविधिक भारतीय कामदार ल्याँदै एसी जडानको काम थालेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी, कोरोना नै कारण आइसीबी जिरो टू अन्तर्गतको सर्भिलेन्स जडानको काम पनि प्राविधिक कामदारको अभावका कारण रोकिएको थियो। रोकिएको काम पनि आगामी साताबाट सुरु हुने भएको छ। आइसिबी जिरो २ अन्तर्गतको कामका लागि पहिलो लटमा २ जना अमेरिकन प्राविधिक यसै साता नेपाल आउने भएको छ।

अमेरिकाबाट आएका प्राविधिक कर्मचारीले नेपाली कामदारलाई साथमा लिएर उपरकण जडानको काम थाल्ने आइसिबी जिरो २ अन्तर्गतका आयोजनका प्रमुख प्रविन न्यौपानेले बताए।

‘अहिले  पहिलो लटमा २ जना प्राविधिक नेपाल आउने छन,’ न्यौपानेले भने, ‘कम्पनीले थप २ जना प्राविधिक पनि छिट्टै नेपाल ल्याउने जानकारी दिएको छ। प्राविधिक कर्मचारीले काम थालेको ३ महिना भित्रमा आइसिबी जिरो २ का सबै काम सम्पन्न हुन्छ।’

यो आयोजना सन् २०१५ मा सुरु भई सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएकोमा उक्त अवधिभित्र नसकिएपछि संशोधित कार्यतालिकाअनुसार ३१ मार्च २०२० मा सम्पन्न हुनु पर्ने थियो। उक्त समयसीमा पनि सकिएको छ। अब पुनः समय थप गर्नु पर्ने अवस्था आएको छ। तर, अहिलेसम्म औपचारिक रुपमा समय थपको निर्णय  भएको छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आयोजनाको कुल लागत ३० अर्बभन्दा बढी भइसकेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमार्फत् दिगो पर्यटन विकास गर्ने लक्ष्यसहित रुपन्देहीको भैरहवास्थित् गौतम बुद्ध विमानस्थल निर्माण थालिएको थियो। विमानस्थलको रनवे ३ हजार मिटरको हुनेछ। साथै, विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एयरपोर्ट अपरेसन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा जीवनोद्धार भवनलगायत सञ्चार तथा पथ प्रदर्शक सामग्री जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गर्ने उद्देश्य सरकारको छ।

दक्षिण एशियाली पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत् रहेको यो विमानस्थल निर्माणमा एशियाली विकास बैंक (एडीबी)को सहयोग छ। यो परियोजना कुल ८५.५५७ मिलियन डलरको हो। प्राधिकरणले चिनियाँ कम्पनीसँग आइसीबी–१ का लागि ७८.३ मिलियन डलरमा सन् २०१४ नोभेम्बर १३ मा सम्झौता गरेको थियो।

अहिलेसम्म विमानस्थल निर्माणमा ९२ प्रतिशत  काम सम्पन्न भएको छ। सरकारले भने यसै आर्थिक वर्षबाट विमानस्थल सञ्चालन गर्ने तयारी गरेको थियो। त्यो असम्भव जस्तै भइसकेको छ।

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्