• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

गौतम बुद्ध विमानस्थलमा भारतीय प्राविधिकले काम थाले, अमेरिकी प्राविधिक यसै साता आउने

64x64
नेपाल लाइभ बुधबार, फागुन ५, २०७७  १७:३४
1140x725

काठमाडौं- भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ प्राविधिक नआए पछि भारतीय दक्ष प्राविधिक ल्याएर उपकरण जडानको काम थालिएको छ। विमानस्थल निर्माणको काम गरिरहेको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले चीनबाट दक्ष प्राविधिक जनशक्ति ल्याएर उपकरण जडानको काम अगाडि बढाउन नसकेपछि केही प्राविधिक जनशक्ति भारतबाट ल्याएर काम सुरु गरेको छ।

विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले पहिलो चरणमा १० जना भारतीय प्राविधिक ल्याएर उपकरण जडानको काम थालिएको बताए। ‘पहिलो चरणमा निर्माण कम्पनीले १० जना भारतीय प्राविधिक नेपाल ल्याएर नेपालका दक्ष प्राविधिकको साथमा एसी जडान लगायतको काम थालेको छ,’ अधिकारीले भने, ‘अबको केही दिनमा निर्माण कम्पनीले थप भारतीय प्राविधिक ल्याउने छ। चिनियाँ प्राविधिक नआएपछि कम्पनीले वैकल्पिक रुपमा भारतीय प्राविधिक ल्याएर काम थालेको छ।’

अहिले भारतीय कामदरबाट उपकरण जडानको काम सम्भव भएपनि जडान पछिको उपकरणको परीक्षणका लागि भने चिनियाँ प्राविधिक नै आउनु पर्ने अधिकारी बताउँछन। कोरोनाका कारण झन्डै एक वर्षदेखि विमानस्थल निर्माणमा भौतिक संरचनाको काम सकिएपनि प्राविधिक जनशक्तिको अभावमा उपकरण जडानको काम रोएिको थियो। 

‘उपकरण जडानको काम थालनी भएको छ,’ अधिकारीले भने, ‘तर, हामीले सोचे अनुरुपमा कामले तिब्रता भने लिएको छैन। यसलाई वैकल्पिक कामको रुपमा लिएका छौं।’

चिनियाँ निर्माण कम्पनीले आइसिबी जिरो एकको काम गरिरहेको छ। आइसिबी जिरो एकमा नेभिगेसनको काम बाहेकका अन्य सबै काम पर्दछन्। दक्ष प्राविधिक जनशक्तिको अभावमा एसीका उपकरण जडान र रनवे लाइटको काम रोकिएको थियो। उपकरण भने विमानस्थलको साइटमा आइसकेको छ। 

चिनियाँ प्राविधिक कामदार नेपाल नआउँदा विमानस्थल निर्माण (आइसीबी जिरो एक) मा उपकरण जडानको काम रोकिएको थियो। नेपाल आउने हिँडेका चिनियाँ प्राविधिक पनि कोरोना देखिएपछि चीनकै विमानस्थल क्वारेन्टिनमा बसेका थिए। तर, उनीहरु पछि फेरि नेपाल नआउने गरी घर फर्केका थिए।

विमानस्थल निर्माण कम्पनीले ३५ जना प्राविधिक कामदार ल्याएर उपकरण जडानको काम गर्ने बताउँदै आएको पनि ६ महिना भन्दा बढी भइसकेको थियो। अन्ततः चिनियाँ प्राविधिक कर्मचारी नेपाल नआएपछि निर्माण कम्पनीले भारतबाट दक्ष कामदार ल्याएर सेन्ट्रल एसीलगायत टर्मिनल उपकरण जडानको काम अगाडि बढाएको हो।

अहिले निर्माण स्थलमा रहेका केही चिनियाँ प्राविधिक कर्मचारीको सहयोगमा भारतीय र  नेपाली प्राविधिक कर्मचारीले रन–वे लाइट, ब्यागेज ह्यान्डलिङ लगायतका उपकरण जडानको काम गरिरहेका छन्। निर्माण कम्पनीले यस अघि नै कन्भर बेल्ट जडानको काम पनि भारतीय दक्ष कामदारको सहयोगमा गरिरहेको थियो। अहिले पुनः थप दक्ष प्राविधिक भारतीय कामदार ल्याँदै एसी जडानको काम थालेको हो।

nimb
nimb
Ncell 2
Ncell 2

यसैगरी, कोरोना नै कारण आइसीबी जिरो टू अन्तर्गतको सर्भिलेन्स जडानको काम पनि प्राविधिक कामदारको अभावका कारण रोकिएको थियो। रोकिएको काम पनि आगामी साताबाट सुरु हुने भएको छ। आइसिबी जिरो २ अन्तर्गतको कामका लागि पहिलो लटमा २ जना अमेरिकन प्राविधिक यसै साता नेपाल आउने भएको छ।

अमेरिकाबाट आएका प्राविधिक कर्मचारीले नेपाली कामदारलाई साथमा लिएर उपरकण जडानको काम थाल्ने आइसिबी जिरो २ अन्तर्गतका आयोजनका प्रमुख प्रविन न्यौपानेले बताए।

‘अहिले  पहिलो लटमा २ जना प्राविधिक नेपाल आउने छन,’ न्यौपानेले भने, ‘कम्पनीले थप २ जना प्राविधिक पनि छिट्टै नेपाल ल्याउने जानकारी दिएको छ। प्राविधिक कर्मचारीले काम थालेको ३ महिना भित्रमा आइसिबी जिरो २ का सबै काम सम्पन्न हुन्छ।’

यो आयोजना सन् २०१५ मा सुरु भई सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएकोमा उक्त अवधिभित्र नसकिएपछि संशोधित कार्यतालिकाअनुसार ३१ मार्च २०२० मा सम्पन्न हुनु पर्ने थियो। उक्त समयसीमा पनि सकिएको छ। अब पुनः समय थप गर्नु पर्ने अवस्था आएको छ। तर, अहिलेसम्म औपचारिक रुपमा समय थपको निर्णय  भएको छैन।

आयोजनाको कुल लागत ३० अर्बभन्दा बढी भइसकेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमार्फत् दिगो पर्यटन विकास गर्ने लक्ष्यसहित रुपन्देहीको भैरहवास्थित् गौतम बुद्ध विमानस्थल निर्माण थालिएको थियो। विमानस्थलको रनवे ३ हजार मिटरको हुनेछ। साथै, विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एयरपोर्ट अपरेसन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा जीवनोद्धार भवनलगायत सञ्चार तथा पथ प्रदर्शक सामग्री जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गर्ने उद्देश्य सरकारको छ।

दक्षिण एशियाली पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत् रहेको यो विमानस्थल निर्माणमा एशियाली विकास बैंक (एडीबी)को सहयोग छ। यो परियोजना कुल ८५.५५७ मिलियन डलरको हो। प्राधिकरणले चिनियाँ कम्पनीसँग आइसीबी–१ का लागि ७८.३ मिलियन डलरमा सन् २०१४ नोभेम्बर १३ मा सम्झौता गरेको थियो।

अहिलेसम्म विमानस्थल निर्माणमा ९२ प्रतिशत  काम सम्पन्न भएको छ। सरकारले भने यसै आर्थिक वर्षबाट विमानस्थल सञ्चालन गर्ने तयारी गरेको थियो। त्यो असम्भव जस्तै भइसकेको छ।

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुँजीबजारका लगानीकर्ताको हितमा काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन
जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
पुँजीबजारका लगानीकर्ताको हितमा काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन सोमबार, असार १५, २०८३
जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै सोमबार, असार १५, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण आइतबार, असार १४, २०८३
सुनचाँदीको मूल्य बढ्यो आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्