काठमाडौं- कोभिड-१९ को महामारीपछि मनोरञ्जन क्षेत्र चलायमान बनाइरहेको एउटा विधा हो म्युजिक भिडियो। कम्तिमा एउटा म्युजिक भिडियो रिलिज नभएको दिन केही महिना यता सायदै छ। झनै केही अवसर आयो भने त त्यो दिन म्युजिक भिडियोको बाढी नै आउँछ।
तर, यतिधेरै म्युजिक भिडियोको हुलमा नयाँ कन्सेप्टको भिडियो बोकेर आएको छ, गीत ‘मनका कुरा’। २ मिनेट ४२ सेकेण्डमा विषयबस्तु सकिएको भिडियोको अन्त्यमा मात्रै दर्शक आफू झुक्किएको महसुस गर्छन्।
मानिसहरु झुलुक्क देख्ने बित्तिकै अरुप्रति धारणा बनाइहाल्ने भएकाले आफूले दर्शक झुक्याउने ‘दुस्साहस’ गरेको यसका निर्देशक रोविन श्रेष्ठले बताए।उनले भने, अहिले मानिसहरु कुरोको चुरो थाहा नपाएरै अरुप्रति धारणा बनाउँछन्, यही कुरालाई मैले भिडियोमा उतारेको हुँ।’
‘मनका कुरा’मार्फत् रोविनले म्युजिक भिडियो निर्देशनमा डेब्यु गरेका छन्। गीतको भिडियोमा सुमी श्रेष्ठ र योगेश श्रेष्ठको मुख्य भुमिका देख्न सकिन्छ। इनलाइन्स क्रियसन रेकर्डस्ले निर्माण गरेको भिडियोको सम्पादन र रंग मिलाउने काम अनुप अधिकारीले गरेका छन्।
एस् टु एस् अर्थात श्रेसन र अरुण शाक्यको स्वरमा रहेको गीतमा शब्द पनि उनीहरूकै छ। इल्भान जोशीले गीतमा संगित भर्ने काम गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।