काठमाडौं- कुनै समयकी चर्चित गायिका सुनिता दुलालले नयाँ गीत ‘बाँसको कप्टेरो’ सार्वजनिक गरेकी छन्। अहिलेका चर्चिच गायक प्रदाप दाससँग मिलेर उनले बाँसको कप्टेको बोलको लोक गीत सार्वजनिक गरेकी हुन्।
गीतसँगै करिब ८ मिनेटको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। सुनिताले आफ्नै युट्युब च्यानलमार्फत् गीत र भिडियो सार्वजनिक गरेकी हुन्। गीतमा शब्द रचना अमृत खत्रीको रहेको छ। गीतको लय सिर्जना सुरज अधिकारीले गरेका छन्।
गीतको म्युजिक भिडियोको सेट डिजाइनमा निकै मिहिनेत गरेको देख्न सकिन्छ। भिडियोमा सरोज राना, बिना उप्रेती, गीता ढुङ्गाना र उत्कल ऋषि थापा अग्रपंक्तिमा छन्।
ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोको निर्देशन भने गम्भीर बिष्टले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।