• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्थिर सरकारमा अस्थिर मन्त्री र मन्त्रालय : कुन मन्त्रालयमा कति मन्त्री फेरिए?

64x64
प्रवीण ढकाल सोमबार, फागुन ३, २०७७  ०७:००
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा स्थिर सरकार गठन गरेको तीन वर्ष पुरा भएको छ। २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट प्रचण्ड बहुमत प्राप्त गरेको तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामगठबन्धनबाट निर्विकल्प प्रधानमन्त्री बनेका ओलीले यसबीचमा असीमित शक्तिको अभ्यास गरे। तर, यो बीचमा पटक पटक मन्त्रीहरु फेरिँदा मन्त्रालयहरु भने अस्थिर हुन पुगेका छन्। जसको सिधा असर मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने काम र सेवाप्रवाहमा परेको छ।

ओलीको नेतृत्वमा सरकार गठन भएयताका तीन वर्षको अवधिमा १२ औं पटक मन्त्रिपरिषद् पुनर्गठन भएको छ। झण्डै दुईतिहाइ बहुमतको सरकार गठन भएको तीन वर्षको अवधिमा सबैभन्दा धेरै मन्त्री फेरिने मन्त्रालयमा पर्छ कानुन‚ न्याय तथा संसदीय मामिला मन्त्रालय। तीन वर्षको अवधिमा मन्त्रालयले ६ जना मन्त्री पाएको छ। 

सुरुवातमा शेरबहादुर तामाङले सम्हालेको कानुन मन्त्रालय भानुभक्त ढकाल (साउन २८, २०७५), उपेन्द्र यादव (मंसिर ४, २०७६), पुनः ढकाल (पुस २५, २०७६), शिवमाया तुम्बाहाङ्फे (फागुन ५, २०७६) हुँदै अहिले लिलानाथ श्रेष्ठ (२०७७ पुस १०) सम्हाल्न आइपुगेका छन्।

त्यसपछि सबैभन्दा धेरै मन्त्री फेरिने मन्त्रालयमा पर्छ सहरी विकास मन्त्रालय। सुरुमा प्रधानमन्त्री ओलीले यो मन्त्रालय आफैंसँग राखेका थिए। तत्कालीन समाजवादी पार्टी सरकारमा सहभागी भएपछि २०७५ जेठ १८ मा मोहम्मद इस्तियाक राई मन्त्री बनेका थिए। उनले गत वर्ष पुस ८ मा मन्त्रीबाट राजीनामा दिए । उनको पार्टीले सरकारको समर्थन फिर्ता लिएको थियो। त्यसपछि उक्त मन्त्रालयको जिम्मेवारी तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पाए। बाँस्कोटालाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयसहित सहरी विकास मन्त्रालयको पनि जिम्मा दिइएको थियो। 

तर बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो टेप बाहिरिएपछि उनले २०७६ फागुन ७ गते राजीनामा दिएका थिए। उनको राजीनामापछि सहरी विकास मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले पाए। त्यसपछि गत असोजमा उक्त मन्त्रालयको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिइयो।

तर प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद विघटन गरेपछि नेकपाका ७ मन्त्रीले एकसाथ राजीनामा दिएका थिए। जसले गर्दा धेरै मन्त्रालय एकसाथ रिक्त भए। त्यसपछि प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेरसहित नयाँ मन्त्री नियुक्त गरेका थिए। सो क्रममा सहरी विकास मन्त्रीको जिम्मेवारी पाएका श्रेष्ठलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ। उनको सरुवापछि सहरी विकास मन्त्रालयमा अहिले प्रभु साह मन्त्री छन्।

स्थिर भनिएको ओली सरकार गठन भएपछि अस्थिर मन्त्रालय बन्न पुगेको अर्को मन्त्रालय हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालय। तीन वर्षको यो अवधिमा स्वास्थ्यमा ४ जना मन्त्री फेरिए भने ७ जना सचिव। 

प्रधानमन्त्री ओलीले २०७४ चैत २ गते स्वास्थ्य राज्यमन्त्रीका रूपमा स्वास्थ्यको जिम्मेवारी पद्मा अर्याललाई दिएका थिए। राज्यमन्त्रीका रूपमा स्वास्थ्य मन्त्रालय प्रवेश गरेकी भए पनि अर्याललाई त्यसबेला मन्त्रीसरहकै अधिकार दिइएको थियो।

Ncell 2
Ncell 2

अर्यालले एक वर्ष पनि स्वास्थ्यमा बिताउन पाइनन्। २०७५ जेठ १८ गते जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्रीका रुपमा स्वास्थ्य प्रवेश गरे। उपप्रधानमन्त्रीकै हैसियतमा मन्त्रालयको जिम्मेवारी सम्हालेका यादवलाई मन्त्रालयको काममा कुनै पनि चासो नदिएको आरोप लाग्यो। मन्त्रालयमा रहँदा उनले ‘डुलुवा’ मन्त्री र ‘असफल’ मन्त्रीको उपनाम पाए।

प्रधानमन्त्री ओलीले २०७६ मंसिर ५ गते यादव भारतमा रहेका बेला कानुन मन्त्रालयमा सरुवा गरिदिए भने कानुन मन्त्रालयमा रहेका भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिए। ढकाल स्वास्थ्यमन्त्री भएको १३ महिनापछि उनका ठाउँमा हृदयेश त्रिपाठीलाई ल्याइएको छ। ढकाललाई भने पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

परराष्ट्र र गृहबाहेक तीन वर्षको यो अवधिमा सबै मन्त्रालयका मन्त्री फेरिएका छन्। अधिकांश मन्त्रालयमा तीन जना मन्त्री फेरिएका छन्। उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षाबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिएपछि रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले लिएका छन्। 

मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुनसक्ने संवैधानिक प्रावधान छ। रोचक के छ भने  वर्तमान मन्त्रिपरिषद्‌मा कुनै बेला सदस्यकै रुपमा रहेका २४ सदस्य अहिले छैनन्। रवीन्द्र अधिकारी, शेरबहादुर तामाङ, मातृका यादव, रघुवीर महासेठ, गोकर्ण विष्ट, लालबाबु पण्डित, थममाया थापा, चक्रपाणि खनाल, मोहम्मद इश्तियाक राई, गोकुलप्रसाद बाँस्कोटा, धनबहादुर बुढा, रामकुमारी चौधरी, डा सुरेन्द्रकुमार यादव, युवराज खतिवडा, गिरिराजमणि पोखरेल, वर्षमान पुन, घनश्याम भुसाल, योगेश भट्टराई, शक्तिबहादुर बस्नेत, रामेश्वर राय यादव, बिना मगर, जगत विश्वकर्मा र मोतीलाल दुगड अहिले मन्त्री छैनन्।

उनीहरुमध्ये केही मन्त्रिपरिषद् पुनगर्ठन गर्दा बाहिरिए। केही विवादमा परेका कारण वा नपरे पनि राजीनामा दिएर बाहिरिए। एकजना मन्त्रीको मृत्यु भएको थियो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पनि चार जना मन्त्री परिवर्तन भएको छ । यो मन्त्रालयको जिम्मेवारी सुरुमा थममाया थापाले पाएकी थिइन्। प्रधानमन्त्री ओलीले उनको स्थानमा पछि पार्वत गुरुङलाई ल्याए। गोकुल बाँस्कोटाले राजीनामा दिएपछि गुरुङलाई सञ्चार मन्त्रालयमा ल्याइएको छ भने उनको सरुवापछि लीलानाथ श्रेष्ठलाई जिम्मा दिइयो। तर संसद विघटनपछि मन्त्रिपरिषद हेरफेर हुँदा श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरियो भने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा जुलीकुमारी महतो आएकी छन्।

संघीय मामिला मन्त्रालयमा तीन मन्त्री परिवर्तन भइसकेका छन् । सुरुमा मन्त्रालयको जिम्मेवारी लालबाबु पण्डितले पाएका थिए। तर उनलाई हटाएर हृदयेश त्रिपाठीलाई जिम्मेवारी दिइयो। पुस ५ गते संसद विघटनपछि मन्त्रीपरिषद् विस्तार हुँदा उक्त मन्त्रालयको जिम्मेवारी गणेशसिंह ठगुन्नाले पाए भने त्रिपाठीलाई स्वास्थ्यको जिम्मा दिइएको छ।

श्रम तथा रोजगार मन्त्रालयमा तीन जना मन्त्री परिवर्तन भएका छन् । सुरुमा गोकर्ण विष्ट, त्यसपछि रामेश्वरप्रसाद राय यादव र अहिले गौरीशंकर चौधरीले मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

कृषि तथा पशुपन्छी मन्त्रालयमा पनि तीन जना मन्त्री फेरिएका छन्। सुरुमा चक्रपाणि खनाल मन्त्री थिए। उनलाई हटाएर घनश्याम भुसाललाई कृषिमन्त्रीको जिम्मेवारी दिइएको थियो। तर उनले पुस ५ गते राजीनामा दिएपछि अहिले मन्त्रालयको जिम्मेवारी पद्मा अर्यालले पाएकी छिन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि तीन जना मन्त्री फेरिएका छन्। सुरुमा उक्त मन्त्रालयको जिम्मेवारी रवीन्द्र अधिकारीले पाएका थिए । उनको हेलीकप्टर दुर्घटनामा मृत्यु भएपछि योगेश भट्टराई मन्त्री बनेका थिए। तर उनले पनि पुस ५ गते राजीनामा दिएपछि उक्त मन्त्रालयमा भानुभक्त ढकाललाई सरुवा गरिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि तीन जना नै मन्त्री परिवर्तन भएका छन्। सुरुमा यो मन्त्रालयको जिम्मेवारीमा गोकुल बाँस्कोटा थिए। कमिसनको विवादपछि उनले राजनीनामा दिए। उनको राजीनामापछि युवराज खतिवडाले अर्थसहित सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाले। खतिवडा मन्त्रीबाट हटेपछि अहिले पार्वत गुरुङ मन्त्री छन्।

शिक्षा मन्त्रालयमा सुरुमा गिरिराजमणि पोखरेल मन्त्री थिए। अहिले मन्त्रालयमा कृष्णगोपाल श्रेष्ठ मन्त्री छन्। यस्तै उद्योग मन्त्रालयमा सुरुमा मात्रिका यादव थिए भने अहिले लेखराज भट्ट मन्त्री छन्। 

दुई जना मन्त्री फेरिने अरु मन्त्रालयमा अर्थ, वन तथा वातावरण, युवा तथा खेलकुद र खानेपानी मन्त्रालय पर्छन्। अर्थमा सुरुमा युवराज खतिवडा मन्त्री थिए। उनीपछि अहिले विष्णु पौडेल मन्त्री छन्। वन तथा वातावरणमा सुरुमा शक्तिबहादुर बस्नेत मन्त्री थिए। अहिले प्रेमबहादुर आले मन्त्री छन्। युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीमा पहिला जगत बहादुर विश्वकर्मा (सुनार) थिए। अहिले दावा लामाले उक्त मन्त्रालय सम्हालिरहेका छन्। खानेपानी मन्त्रालयबाट विना मगरले राजीनामा दिएपछि अहिले मणिचन्द्र थापा मन्त्री छन्।

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रवीण ढकाल
लेखकबाट थप
कांग्रेस अब ‘ब्याक-बेञ्च’मा बस्दैन : गगन थापा [अन्तर्वार्ता]
हिमपातले तिलिचो जाने बाटो अवरूद्ध [तस्बिर/भिडियो]
जनताको मुद्दा एकातिर, 'नेकपा संकट' अर्कैतिर
सम्बन्धित सामग्री
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम... बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस पार्टीका केन्द्रीय सदस्य प्रेम बहादुर सिंहका अनुसार, प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो । बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक विशेष महाधिवेशनका लागि भृकृटीमण्डपको हलसमेत बुक गरिएको उनले बताए । 'यसबीचमा विधानले गरेको व्यवस्था कार्यन्वयन गर्न कार्यवाहक सभापतिल... बिहीबार, पुस १७, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्