• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्थिर सरकारमा अस्थिर मन्त्री र मन्त्रालय : कुन मन्त्रालयमा कति मन्त्री फेरिए?

64x64
प्रवीण ढकाल सोमबार, फागुन ३, २०७७  ०७:००
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा स्थिर सरकार गठन गरेको तीन वर्ष पुरा भएको छ। २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट प्रचण्ड बहुमत प्राप्त गरेको तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामगठबन्धनबाट निर्विकल्प प्रधानमन्त्री बनेका ओलीले यसबीचमा असीमित शक्तिको अभ्यास गरे। तर, यो बीचमा पटक पटक मन्त्रीहरु फेरिँदा मन्त्रालयहरु भने अस्थिर हुन पुगेका छन्। जसको सिधा असर मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने काम र सेवाप्रवाहमा परेको छ।

ओलीको नेतृत्वमा सरकार गठन भएयताका तीन वर्षको अवधिमा १२ औं पटक मन्त्रिपरिषद् पुनर्गठन भएको छ। झण्डै दुईतिहाइ बहुमतको सरकार गठन भएको तीन वर्षको अवधिमा सबैभन्दा धेरै मन्त्री फेरिने मन्त्रालयमा पर्छ कानुन‚ न्याय तथा संसदीय मामिला मन्त्रालय। तीन वर्षको अवधिमा मन्त्रालयले ६ जना मन्त्री पाएको छ। 

सुरुवातमा शेरबहादुर तामाङले सम्हालेको कानुन मन्त्रालय भानुभक्त ढकाल (साउन २८, २०७५), उपेन्द्र यादव (मंसिर ४, २०७६), पुनः ढकाल (पुस २५, २०७६), शिवमाया तुम्बाहाङ्फे (फागुन ५, २०७६) हुँदै अहिले लिलानाथ श्रेष्ठ (२०७७ पुस १०) सम्हाल्न आइपुगेका छन्।

त्यसपछि सबैभन्दा धेरै मन्त्री फेरिने मन्त्रालयमा पर्छ सहरी विकास मन्त्रालय। सुरुमा प्रधानमन्त्री ओलीले यो मन्त्रालय आफैंसँग राखेका थिए। तत्कालीन समाजवादी पार्टी सरकारमा सहभागी भएपछि २०७५ जेठ १८ मा मोहम्मद इस्तियाक राई मन्त्री बनेका थिए। उनले गत वर्ष पुस ८ मा मन्त्रीबाट राजीनामा दिए । उनको पार्टीले सरकारको समर्थन फिर्ता लिएको थियो। त्यसपछि उक्त मन्त्रालयको जिम्मेवारी तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पाए। बाँस्कोटालाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयसहित सहरी विकास मन्त्रालयको पनि जिम्मा दिइएको थियो। 

तर बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो टेप बाहिरिएपछि उनले २०७६ फागुन ७ गते राजीनामा दिएका थिए। उनको राजीनामापछि सहरी विकास मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले पाए। त्यसपछि गत असोजमा उक्त मन्त्रालयको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिइयो।

तर प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद विघटन गरेपछि नेकपाका ७ मन्त्रीले एकसाथ राजीनामा दिएका थिए। जसले गर्दा धेरै मन्त्रालय एकसाथ रिक्त भए। त्यसपछि प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेरसहित नयाँ मन्त्री नियुक्त गरेका थिए। सो क्रममा सहरी विकास मन्त्रीको जिम्मेवारी पाएका श्रेष्ठलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ। उनको सरुवापछि सहरी विकास मन्त्रालयमा अहिले प्रभु साह मन्त्री छन्।

स्थिर भनिएको ओली सरकार गठन भएपछि अस्थिर मन्त्रालय बन्न पुगेको अर्को मन्त्रालय हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालय। तीन वर्षको यो अवधिमा स्वास्थ्यमा ४ जना मन्त्री फेरिए भने ७ जना सचिव। 

प्रधानमन्त्री ओलीले २०७४ चैत २ गते स्वास्थ्य राज्यमन्त्रीका रूपमा स्वास्थ्यको जिम्मेवारी पद्मा अर्याललाई दिएका थिए। राज्यमन्त्रीका रूपमा स्वास्थ्य मन्त्रालय प्रवेश गरेकी भए पनि अर्याललाई त्यसबेला मन्त्रीसरहकै अधिकार दिइएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

अर्यालले एक वर्ष पनि स्वास्थ्यमा बिताउन पाइनन्। २०७५ जेठ १८ गते जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्रीका रुपमा स्वास्थ्य प्रवेश गरे। उपप्रधानमन्त्रीकै हैसियतमा मन्त्रालयको जिम्मेवारी सम्हालेका यादवलाई मन्त्रालयको काममा कुनै पनि चासो नदिएको आरोप लाग्यो। मन्त्रालयमा रहँदा उनले ‘डुलुवा’ मन्त्री र ‘असफल’ मन्त्रीको उपनाम पाए।

प्रधानमन्त्री ओलीले २०७६ मंसिर ५ गते यादव भारतमा रहेका बेला कानुन मन्त्रालयमा सरुवा गरिदिए भने कानुन मन्त्रालयमा रहेका भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिए। ढकाल स्वास्थ्यमन्त्री भएको १३ महिनापछि उनका ठाउँमा हृदयेश त्रिपाठीलाई ल्याइएको छ। ढकाललाई भने पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

परराष्ट्र र गृहबाहेक तीन वर्षको यो अवधिमा सबै मन्त्रालयका मन्त्री फेरिएका छन्। अधिकांश मन्त्रालयमा तीन जना मन्त्री फेरिएका छन्। उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षाबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिएपछि रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले लिएका छन्। 

मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुनसक्ने संवैधानिक प्रावधान छ। रोचक के छ भने  वर्तमान मन्त्रिपरिषद्‌मा कुनै बेला सदस्यकै रुपमा रहेका २४ सदस्य अहिले छैनन्। रवीन्द्र अधिकारी, शेरबहादुर तामाङ, मातृका यादव, रघुवीर महासेठ, गोकर्ण विष्ट, लालबाबु पण्डित, थममाया थापा, चक्रपाणि खनाल, मोहम्मद इश्तियाक राई, गोकुलप्रसाद बाँस्कोटा, धनबहादुर बुढा, रामकुमारी चौधरी, डा सुरेन्द्रकुमार यादव, युवराज खतिवडा, गिरिराजमणि पोखरेल, वर्षमान पुन, घनश्याम भुसाल, योगेश भट्टराई, शक्तिबहादुर बस्नेत, रामेश्वर राय यादव, बिना मगर, जगत विश्वकर्मा र मोतीलाल दुगड अहिले मन्त्री छैनन्।

Xtrem

Xtrem

उनीहरुमध्ये केही मन्त्रिपरिषद् पुनगर्ठन गर्दा बाहिरिए। केही विवादमा परेका कारण वा नपरे पनि राजीनामा दिएर बाहिरिए। एकजना मन्त्रीको मृत्यु भएको थियो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पनि चार जना मन्त्री परिवर्तन भएको छ । यो मन्त्रालयको जिम्मेवारी सुरुमा थममाया थापाले पाएकी थिइन्। प्रधानमन्त्री ओलीले उनको स्थानमा पछि पार्वत गुरुङलाई ल्याए। गोकुल बाँस्कोटाले राजीनामा दिएपछि गुरुङलाई सञ्चार मन्त्रालयमा ल्याइएको छ भने उनको सरुवापछि लीलानाथ श्रेष्ठलाई जिम्मा दिइयो। तर संसद विघटनपछि मन्त्रिपरिषद हेरफेर हुँदा श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरियो भने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा जुलीकुमारी महतो आएकी छन्।

संघीय मामिला मन्त्रालयमा तीन मन्त्री परिवर्तन भइसकेका छन् । सुरुमा मन्त्रालयको जिम्मेवारी लालबाबु पण्डितले पाएका थिए। तर उनलाई हटाएर हृदयेश त्रिपाठीलाई जिम्मेवारी दिइयो। पुस ५ गते संसद विघटनपछि मन्त्रीपरिषद् विस्तार हुँदा उक्त मन्त्रालयको जिम्मेवारी गणेशसिंह ठगुन्नाले पाए भने त्रिपाठीलाई स्वास्थ्यको जिम्मा दिइएको छ।

श्रम तथा रोजगार मन्त्रालयमा तीन जना मन्त्री परिवर्तन भएका छन् । सुरुमा गोकर्ण विष्ट, त्यसपछि रामेश्वरप्रसाद राय यादव र अहिले गौरीशंकर चौधरीले मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

कृषि तथा पशुपन्छी मन्त्रालयमा पनि तीन जना मन्त्री फेरिएका छन्। सुरुमा चक्रपाणि खनाल मन्त्री थिए। उनलाई हटाएर घनश्याम भुसाललाई कृषिमन्त्रीको जिम्मेवारी दिइएको थियो। तर उनले पुस ५ गते राजीनामा दिएपछि अहिले मन्त्रालयको जिम्मेवारी पद्मा अर्यालले पाएकी छिन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि तीन जना मन्त्री फेरिएका छन्। सुरुमा उक्त मन्त्रालयको जिम्मेवारी रवीन्द्र अधिकारीले पाएका थिए । उनको हेलीकप्टर दुर्घटनामा मृत्यु भएपछि योगेश भट्टराई मन्त्री बनेका थिए। तर उनले पनि पुस ५ गते राजीनामा दिएपछि उक्त मन्त्रालयमा भानुभक्त ढकाललाई सरुवा गरिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि तीन जना नै मन्त्री परिवर्तन भएका छन्। सुरुमा यो मन्त्रालयको जिम्मेवारीमा गोकुल बाँस्कोटा थिए। कमिसनको विवादपछि उनले राजनीनामा दिए। उनको राजीनामापछि युवराज खतिवडाले अर्थसहित सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाले। खतिवडा मन्त्रीबाट हटेपछि अहिले पार्वत गुरुङ मन्त्री छन्।

शिक्षा मन्त्रालयमा सुरुमा गिरिराजमणि पोखरेल मन्त्री थिए। अहिले मन्त्रालयमा कृष्णगोपाल श्रेष्ठ मन्त्री छन्। यस्तै उद्योग मन्त्रालयमा सुरुमा मात्रिका यादव थिए भने अहिले लेखराज भट्ट मन्त्री छन्। 

दुई जना मन्त्री फेरिने अरु मन्त्रालयमा अर्थ, वन तथा वातावरण, युवा तथा खेलकुद र खानेपानी मन्त्रालय पर्छन्। अर्थमा सुरुमा युवराज खतिवडा मन्त्री थिए। उनीपछि अहिले विष्णु पौडेल मन्त्री छन्। वन तथा वातावरणमा सुरुमा शक्तिबहादुर बस्नेत मन्त्री थिए। अहिले प्रेमबहादुर आले मन्त्री छन्। युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीमा पहिला जगत बहादुर विश्वकर्मा (सुनार) थिए। अहिले दावा लामाले उक्त मन्त्रालय सम्हालिरहेका छन्। खानेपानी मन्त्रालयबाट विना मगरले राजीनामा दिएपछि अहिले मणिचन्द्र थापा मन्त्री छन्।

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रवीण ढकाल
लेखकबाट थप
कांग्रेस अब ‘ब्याक-बेञ्च’मा बस्दैन : गगन थापा [अन्तर्वार्ता]
हिमपातले तिलिचो जाने बाटो अवरूद्ध [तस्बिर/भिडियो]
जनताको मुद्दा एकातिर, 'नेकपा संकट' अर्कैतिर
सम्बन्धित सामग्री
एमालेको निष्कर्ष: सरकार स्वेच्छाचारी बन्दैछ, संसद् सत्ताको छायामा पर्‍यो आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले आगामी अधिवेशनमा थप सशक्त भूमिका निर्वाह गर्ने गरी तयारी गर्न... आइतबार, असोज १८, २०८३
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले देउवालाई लिनका लागि पार्टीका नेताहरू कति पटक जाने र कसरी जान... आइतबार, असोज १८, २०८३
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ आइतबार, असोज १८, २०८३
भोटेकोशी बाढीले दियो चेतावनी: अब पूर्वाधार निर्माणको मापदण्ड बदल्नुपर्छ आइतबार, असोज १८, २०८३
नेपाली क्रिकेट टिमका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारीः आइतबार, असोज १८, २०८३
एमालेको निष्कर्ष: सरकार स्वेच्छाचारी बन्दैछ, संसद् सत्ताको छायामा पर्‍यो आइतबार, असोज १८, २०८३
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्