काठमाडौं- नेकपाको प्रचण्ड–माधव पक्षले तेश्रो चरणका विरोधका कार्यक्रम आज घोषणा गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिडाँडामा आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी विरोधका कार्यक्रम सार्वजनिक गर्ने विदेश विभागका उपप्रमुख विष्णु रिजालले बताए।
प्रतिनिधि सभा विघटनपछि निरन्तर सडक प्रर्दशनमा आएको यो पक्षले ठूला शहरमा विरोध सभा समेत राखेको छ। काठमाडौंसहित बुटवल, धनगढी, विराटनगर, सुर्खेत लगायतका शहरमा विरोध सभा गरिसकेका छन्।
तेश्रो चरणको विरोध सभा अन्तर्गत जनकपुरमा सभा गर्ने तयारी गरिएको छ। केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठसहित नेताहरू योगेश भट्टराई र पम्फा भुसालले विरोधका कार्यक्रमको जानकारी दिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।