काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री बालेन शाह आफैँले राखेका छन्।
मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेपछि सो मन्त्रालय आफैँले राखेका हुन्।
प्रधानमन्त्रीले रक्षा, उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैँ हेर्दै आइरहेका छन्।
बाँकी मन्त्रीहरूको जिम्मेवारी भने प्रधानमन्त्री शाहले यथावत् राखेका छन् । गत १३ गते गठित मन्त्रिपरिषद् श्रम मन्त्री शाह पदमुक्त भएपछि अब १४ सदस्यीय भएको छ ।
राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको कार्य विभाजन हेरफेर सम्बन्धी विज्ञप्तिमा त्यो उल्लेख छ ।
पार्टी सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै फिर्ता बोलाउन निर्देशन दिएपछि प्रधानमन्त्री शाहले फिर्ता बोलाएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।