काठमाडौँ– संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ।
मन्त्रिपरिषद्ले चैत २४ गते गरेको सिफारिसका आधारमा रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) अनुसार दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार अधिवेशन अन्त्यको निर्णय चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ।
यसैबीच, राष्ट्रपतिले अधिवेशन अन्त्य हुनुअघि संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। निर्वाचनपछिको पहिलो बैठकमा राष्ट्रपतिबाट सम्बोधन गर्ने संवैधानिक व्यवस्था रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।