काठमाडौं– नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक दिवसीय खेलको खेलतालिका सार्वजनिक भएकाे छ ।
नेपाल नेपाल क्रिकेट संघ (क्यान)ले एक बिहीबार विज्ञप्ति जारी गर्दै खेलतालिका सार्वजनिक गरेको हाे ।
सार्वजनिक तालिका अनुसार नेपालले ओमान, स्कटल्यान्ड र अमेरिकासँग समान दुई–दुई खेल खेल्ने छ ।
यही अप्रिल २२ देखि आगामी मे ११ तारीखसम्म सञ्चालन हुने उक्त खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने जनाइएको छ । क्यानले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल ‘ए’ ले पहिलो खेल ओमानसँग खेल्ने छ ।
ओमानसँगको दुई खेल अप्रिल २२ र २४ तारिखमा हुनेछ । त्यसैगरी मे ६ र ९ तारिखमा स्कटल्यान्डसँग खेल्ने र मे ७ र ११ मा अमेरिकासँग खेल्ने विज्ञप्तिमा उल्लेख छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।