काठमाडौँ– सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा दर पुनः निर्धारण गर्दै वृद्धि गरिएको छ।
इन्धनको मूल्यमा देखिएको उतारचढावसहित विभिन्न लागत सूचकका आधारमा नयाँ दर कायम गरिएको सम्बन्धित निकायले जनाएको छ।
नयाँ व्यवस्थाअनुसार यात्रुवाहक सवारीसाधनको भाडामा करिब १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। त्यस्तै, मालवाहक सवारीतर्फ पहाडी क्षेत्रमा सञ्चालन हुने सवारीको भाडा करिब २१.६८ प्रतिशतले बढाइएको छ भने तराई क्षेत्रका लागि यो वृद्धि करिब १५.७५ प्रतिशत रहेको छ।
भाडा समायोजनका लागि इन्धन मूल्यलाई प्रमुख आधारका रूपमा लिइएको उल्लेख गर्दै सम्बन्धित विभागले अन्य सञ्चालन लागतसँग सम्बन्धित सूचकहरूलाई पनि विचार गरिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।