काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएका छन् ।
मन्त्रालयको काम गर्दा गम्भीरता नदेखाएको भन्दै प्रधानमन्त्री शाहले स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पार्टी सभापति रवि लामिछानेले आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गरेका थिए ।
सभापति लामिछानेकाे सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराएकाे प्रधानमन्त्री शाहका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।