कैलाली – कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् ।
कृष्णपुर नगरपालिका– १ कुमगडामा से १ ज २९० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा वडा नम्बर १ कै ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावती बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार घाइते छ जनालाई उपचारका लागि धनगढी पठाइएको छ । जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।