काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गल्ति छोप्न अर्को अर्को गल्ति गरेको टिप्पणी गरेका छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरुको कथा’को सार्वजनिकीकरण कार्यक्रममा नेता पौडेलले भने, ‘एउटा अपराधलाई ढाक्न अर्को ठूलो अपराध भएको छ। आयातन बढ्दै जाँदा राष्ट्रिय अपराध नै हुने हो कि डर पैदा भएको छ।’
अदालतले संसद पुनर्स्थापना नगर्नु पर्ने कारण नरहेको उनले बताए। राष्ट्रिय आत्मविश्वासको संकट रहेको जनाउँदै उनले भने, ‘फैसला संसद विघटनकै पक्षमा गर्छ कि भन्ने राष्ट्रिय आत्मविश्वासको संकट छ।’
६ वर्ष लगाएर बनाएको संविधानमाथि प्रधानमन्त्रीले ओलीले विश्वास नगर्नु जनताको मत माथिको विश्वासघात भएको उनले बताए। पटक-पटकको संसद विघटनले अस्थिरता आएकाले संसद विघटन गर्ने व्यवस्था संविधानमा नराखिएको उनले प्रष्टाए।
उनले भने, ‘संसदले प्रधानमन्त्री बनाउनै नसके मात्रै मात्रै ७६ ‘५’ को प्रधानमन्त्रीले ७६ को ‘७’ अनुसार विघटन गर्ने अवस्था राखिएको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।