काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रमका लागि आयोजना छनोट गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्लामै धेरै केन्द्रित भएकाे पाइएकाे छ।
मन्त्रालयले बिहीबार २ सय आयोजना छनोट गर्दा यस्ताे गरेकाे पाइएकाे हाे । मन्त्रालयले छनोट गरेको सूचीमा प्रधानमन्त्री ओलीको जिल्लामा १० वटा कार्यक्रम पारिएको छ। मन्त्रालयले १ करोडदेखि १० करोड रूपैयाँसम्म लागत भएका आयोजना छनोट गरेको हो।
विभिन्न जिल्लामा सञ्चालन हुने पर्यटन पूर्वाधार आयोजना अघि बढाउने गरी मन्त्रालयले सूची तयार गरेको हाे। मन्त्रालयले तयार गरेको सूचीमा कर्णाली प्रदेशको मुगु र लुम्बिनी प्रदेशको रुकुम पूर्वमा भने कुनै कार्यक्रम सूचीमा परेको छैनन्।
झापाको अर्जुनधारा गाउँपालिका, बाह्रदशी गाउँपालिक, शिवसताक्षी नगरपालिका, कचनकवल गाउँपालिका, गौरीगंज नगरपालिका, कमल गाउँपालिका, कनकाई नगरपालिका, भद्रपुर नगरपालिका, दमक नगरपालिका र हल्दिबारी गाउँपालिकाका कार्यक्रम संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा सञ्चालन हुनेछन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको गृहजिल्ला मोरङका ७ स्थानीय तहमा पर्यटन पूर्वाधार कार्यक्रम सञ्चालन गर्न केन्द्रबाट पैसा जानेछ। मोरङका बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, बुढीगंगा गाउँपालिका, कानेपोखरी गाउँपालिका, रतुवामाई नगरपालिका, मिक्लाजुङ गाउँपालिका र सुन्दरहरैचा नगरपालिकामा केन्द्रबाट पैसा जानेछ।
यस्तो छ कार्यक्रम सूची :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।