काठमाडौं- युथ कांग्रेसले ४० वर्षमुनीका महिलाका लागि विदेश भ्रमणमा जान परिवारको र वडाको सिफारिस आवश्यक पर्ने गरी अध्यागमन विभागले तयार पारेको कार्यविधि संशोधन प्रस्तावको विरोधस्वरुप पासपोर्ट प्रदर्शन गरेको छ।
एक्लै विदेश भ्रमणमा जाने ४० वर्षमुनीका महिलाहरूका लागि विभेदकारी प्रावधान राखेर कार्यविधि संशोधन अगाडि बढाइएकोमा त्यसले महिला स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै युथ कांग्रेसले त्यसविरूद्ध शुक्रबार साँझ ५ बजे माइतीघर मण्डलामा पासपोर्ट देखाएर विरोध प्रदर्शन गरेको हो।
विरोध प्रदर्शनमा महिला स्वतन्त्रताविरुद्ध सरकारको अध्यागमन कार्यविधि संशोधन प्रस्तावविरूद्ध पासपोर्ट प्रदर्शन गरिएको थियो

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।