काठमाडौं- प्रतिनिधि सभा विघटन विरुद्धको रिटमाथि सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटको तर्फबाट बहस सकिएको छ।
आइतबारको बहसमा रिट निवेदकले जवाफ दिनेछन्। निवेदकहरुले जवाफ दिपछि एमिकस क्युरीका पाँच जनाले आफ्ना राय प्रस्तुत गर्नेछन्।
आइतबार जवाफ दिनका लागि इजलासले पाँच जना रिटकर्तालाई समय उपलब्ध गराएको छ। प्रतिनिधि सभा विघटनविरुद्ध १३ रिट परेका थिए।
प्रधानमन्त्री ओली पक्षीय वकिलले बहस गर्नुअघि रिट निवेदक तर्फबाट वकिलहरुले बहस गरेका थिए।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।