काठमाडौं– नेकपा नेता रामकुमारी झाँक्रीले स्वेच्छिक गिरफ्तारी दिने तयारी गरेकी छिन्। उनलाई पक्राउ गर्न पुगेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलाई कार्यकर्ताले रोकेपछि उनले यस्तो तयारी गरेकी हुन्।
शंखमुलस्थित उनको निवासमा प्रहरी पुगेसँगै नेकपा कार्यकर्ताले पुगेका थिए। कार्यकर्ता र प्रहरीबीच तनावको अवस्था सिर्जना हुने भएपछि झाँक्रीले गिरफ्तारी दिने तयारी गरेकी हुन्।
झाँक्रीले गिरफ्तारी दिनुअघि कार्यकर्तालाई सम्बोधन गर्नेछिन्। कसरी गिरफ्तारी दिने भन्ने विषयमा प्रहरीसँग छलफल भइरहेको छ।
कार्यकर्ता सहित प्रहरी कार्यालय पुग्ने वा प्रहरीको भ्यानमा चढेर जाने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ।
प्रहरीले झाँक्रीलाई पक्राउ पुर्जी थमाएको छ। उनलाई राज्यविरुद्धको कसुरमा पक्राउ गरिएको पूर्जीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।