काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आगामी मार्चदेखि पूर्ण क्षमतामा विमान सञ्चालन गर्ने भएको छ।
कोभिड–१९ को बन्दाबन्दीपछि आन्तरिक उडानमा ३ वटा ‘एटीआर–७२’ र दुईवटा जेट स्ट्रिम विमानमार्फत् उडान सञ्चालन गर्दै आएको यतीले आगामी मार्चदेखि पाँचैवटै एटीआर विमानलाई पूर्ण क्षमतामा सञ्चालन गर्न जनाएको छ।
एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले यतीको बजार हिस्सा कायम राख्दै आगामी दिनमा बजारलाई थप विस्तार गर्दै लैजान लागिएको बताए।
पूर्ण क्षमतामा सञ्चालन गर्न लागेको यतीले दैनिक पोखरा ७, विराटनगर ५, भैरहवा ३, नेपालगञ्ज २, जनकपुर २, सिमरा ४, तुम्लिङटार २, भद्रपुर २ र माउण्टेन फ्लाईटका लागि २ वटा उडान भर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।