• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

हवाई एकेडेमीको ८९ रोपनी जग्गा फिर्ता ल्याउने प्रस्ताव मन्त्रिपरिषद्‍मा

64x64
नेपाल लाइभ बुधबार, माघ २८, २०७७  २०:०२
1140x725

काठमाडौं- भक्तपुरस्थित हवाई एकेडेमीका नाममा रहेका सबै जग्गा अन्तर्राष्ट्रिय सभाहल बनाउने दिने निर्णय फिर्ता लिने प्रस्ताव मन्त्रिपरिषद्‍मा पुगेको छ। झन्डै साढे २ वर्ष अगाडि सरकारले नै निर्णय गरी एकेडेमीको सबै जग्गामा अन्तर्राष्ट्रिय सभाहल बनाउने निर्णय गरेपनि ८९ रोपनी जग्गा पुनः एकेडेमीकै नाममा फिर्ता ल्याउने प्रस्ताव मन्त्रिपरिषद्‍मा पुगेको हो। 

भक्तपुर सानोठिमीमा अन्तर्राष्ट्रिय सभाहल निर्माणका लागि भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान (हवाई एकेडेमी)को नाममा रहेको जग्गामध्ये केही जग्गा पुनः एकेडेमीको नाममा ल्याउने तयारी थालिएको हो।

२०७५ असोजमा मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई एकेडेमीका नाममा रहेको १८९ रोपनी जग्गा अन्तर्राष्ट्रिय सभाहल निर्माणका लागि दिने निर्णय गरेको थियो। उक्त निर्णयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले असन्तुष्टि जनाउँदै आएको थियो। सभाहल निर्माणका लागि जग्गा दिने निर्णय भएपनि एकेडेमीले नै भोगचलन गर्दै आएको छ।

प्राधिकरणले हवाई क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने नेपालको एक मात्र हवाई एकेडेमी मासेर अन्तर्राष्ट्रिय सभाहल बनाउने निर्णय सहमतिभन्दा बाहिर गएर भएको भन्दै विरोध गरेको थियो। साथै प्राधिकरणले विभागीय मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् केही जग्गा अन्तर्राष्ट्रिय सभा हल बनाउन दिने र केही जग्गा प्राधिकरणको एकेडेमी सञ्चालनमा राख्ने गरी निर्णय फिर्ता गराउन आग्रह गरेको थियो।

तत्कालीन समयमा भने एकेडेमीको नाममा रहेको १८९ रोपनी जग्गा नै अन्तर्राष्ट्रिय सभाहल निर्माणका लागि सहरी विकास मन्त्रालयका नाममा हस्तान्तरण गर्ने निर्णय भएको थियो।हवाई क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन र यो क्षेत्र सुधारका लागि तालिम केन्द्र विस्थापित गर्न खोज्ने निर्णय राम्रो नभएको भन्दै पर्यटन मन्त्रालयले जग्गा फिर्ताको लागि सहरी विकास मन्त्रालयसँग बारम्बार छलफल गरेको थियो।

अन्तत: अहिले १८९ रोपनी जग्गामध्ये ८९ रोपनी जग्गा एकेडेमीकै नाममा फिर्ता ल्याउने प्रस्ताव मन्त्रिपरिषद्‍मा पुगेको एकेडेमीका प्रमुख देवानन्द उपाध्याले बताए। सहरी विकास मन्त्रालयकै सहमतिमै ८९ रोपनी जग्गा एकेडेमीकै नाममा ल्याउने र बाँकी रहेको जग्गामा अन्तर्राष्ट्रिय सभाहल निर्माण गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा पुगेको उनले बताए।

आइकाओको नियमले पनि हवाई क्षेत्र सुधारका लागि तालिम केन्द्र चाहिने भएकाले एकेडेमी मास्न नहुने उनी बताउँछन्। यसका लागि प्राधिकरणले गुरुयोजनासहित यही एकेडेमीलाई एसियाकै ट्रान्जिट हबका रूपमा विस्तार गर्ने लक्ष्य लिइएको समेत उनको भनाइ छ। 

प्राधिकरणका अनुसार एकेडेमी आइकाओको 'ट्रनिङ एयर प्लस' एसोसिएट सदस्य पनि हो। प्राधिकरणले यसलाई विस्तार र सुधार गर्दै पूर्ण सदस्य बनाउने लक्ष्य लिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

तत्कालीन समयमा मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण र सहरी विकास मन्त्रालयबीच भएको सहमतिभन्दा बाहिर गएर निर्णय गरको थियो। अहिले दुईपक्षीय सहमतिमै जग्गा फिर्ता ल्याउने प्रक्रिया भइरहेको प्राधिकरण स्रोतले बताएको छ।

एकेडेमीले २०७२ को भूकम्पअघि सिनामंगलमा गर्दै आएको तालिम पनि यतिबेला यही स्थानबाट चलाउँदै आएको छ। सोही ठाउँमा विमानस्थलको विमान अपरेसनका लागि जडित ८ वटा एन्टेनासमेत छन्। प्रतिष्ठानमा अहिले एक अर्ब रुपैयाँ बराबरका संरचना र हवाई क्षेत्रको तालिमका लागि आवश्यक उपकरण छन्।

जग्गा दिने विषयमा के थियो सहमति?
अन्तर्राष्ट्रिय सभाहल निर्माण गर्नका लागि गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक लगायत अन्य पदाधिकारीहरुले काठमाडौं उपत्यकाभित्र जग्गाको पहिचान गरेका थिए।

टोलीले ललितपुरस्थित भैंसेपाटीको १४१ रोपनी, भक्तपुर सानोठिमीस्थित प्राधिकरणको १८९ रोपनी र नेपाल ट्रष्टको भक्तपुर सल्लाघारीस्थित १११ रोपनी जग्गालाई विकल्पका रुपमा लिइएको थियो। तर, अध्ययनमा भक्तपुरस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गा उत्तम ठहर गरियो। सोही अध्ययनपछि नागरिक उड्डयन मन्त्रालयको सहमतिमा सोही जग्गामा अन्तर्राष्ट्रिय सभाहल बनाउने प्रक्रिया अगाडि बढाउने निर्णय भएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसलगतै प्रस्तावित जग्गामा ५ हजार जना अटाउने क्षमता भएको स्थायी संरचना निर्माणका लागि आवश्यक रकम विनियोजनका लागि अर्थ मन्त्रालयबाट स्वीकृति भएको थियो। उक्त संरचना निर्माणका लागि अर्थले समेत ५० करोड बजेट स्वीकृति दिने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गर्ने सहमति भएको थियो।

अर्थको सहमति लगत्तै सहरी विकास मन्त्रालयले १८९-४-१-१ जग्गामध्ये पूर्वतर्फको ९०-१५-२-० रोपनी जग्गा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छुट्याएर बाँकी पश्चिमतर्फको ९८-४-३-१ रोपनी सहरी विकास मन्त्रालयको नाममा हस्तान्तरण गर्ने गरी प्रस्ताव पेस गर्ने सहमति भएको थियो। यो प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गर्नका लागि असोज १८ गते विभागीय मन्त्रीबाट समेत स्वीकृत भयो।

कसरी उल्टिएको थियो दुईपक्षीय सहमति?
सहरी विकास मन्त्रालय र प्राधिकरणबीच १८९ रोपनी जग्गामध्ये अन्तर्राष्ट्रिय सभाहलका लागि ९८ रोपनी मात्र प्रयोग गर्न दिने सहमति भएको थियो। ५ हजार जना अटाउने क्षमता भएको स्थायी संरचना बनाउने उद्देश्य राखिएको थियो।

सहमतिअनुसार नै सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७५/७६ मा अन्तर्राष्ट्रिय सभाहलका लागि बन्ने संरचनाको विस्तृत आर्किटेक्चर/स्ट्रक्चर डिजाइन गर्ने उल्लेख छ। यही तयारीका साथ बोलपत्र आह्वान प्रक्रिया सम्पन्न गर्ने गरी काम अगाडि बढाउने भन्दै मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस भएको थियो।

‘मन्त्रालयबाट आएको प्रस्तावको प्रकरण ४ निर्णय हुनुपर्ने व्यहोरा अन्तर्गत खण्ड (क) मा प्रस्तावित जग्गामध्ये संलग्न नक्सा देखाइए बमोजिम ९८-४-३-१ रोपनी’ भन्ने व्यहोरा हटाई अरु प्रस्तावमा लेखिएबमोजिम गर्ने भन्दै निर्णय गरिएको थियो।

२०७५ असोज २८ को मन्त्रिपरिषद् बैठकले एकेडेमीको सबै जग्गा अन्तर्राष्ट्रिय सभाहल निर्माणका लागि सहरी विकास मन्त्रालयको नाममा हस्तान्तरण गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णयपछि प्राधिकरणले असन्तुष्टि व्यक्त गरेको थियो। एकेडेमीका नामबाट सभाहलका लागि गएको पूरै जग्गामध्ये ८९ रोपनी जग्गा पुनः एकेडेमीकै नाममा फिर्ता ल्याउने तयारी सरकारले अघि बढाएको हो। 

प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्