• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जनप्रतिनिधि भन्छन्– कानुन अभावले जनभावना अनुसार काम गर्नै सकिएन

64x64
नेपाल लाइभ सोमबार, वैशाख ३१, २०७५  ०९:०९
1140x725

राजविराज– सप्तरीमा माघ महिना चलेको उग्र शीतलहरबाट जोगाउन दाउराको व्यवस्था गर्नुपर्ने भयो। स्थानीय तहकै जिम्मेवारी भएका कारण राजमार्ग किनारका सुकेका शिशौ काट्ने शम्भुनाथ नगरपालिकाले मौखिक सहमति गर्‍यो।

दाउरा बाल्ने व्यवस्थाका लागि अन्य विकल्प नरहेका कारण रुख काट्ने नगरपालिकाको योजनामा जिल्ला वन कार्यालय बाधक बन्यो। वन ऐन २०४९ को आधारमा शम्भुनाथ नगरपालिका १ का वडाध्यक्ष इन्द्रदेव साहविरुद्ध जिल्ला वन कार्यालयले पक्राउ पूर्जी नै थमायो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १३ को दफा ९७ (१) ग मा व्यवस्था भए अनुसार सडकको दायाँबायाँका रुखहरुको संरक्षण स्थानीय गाउँ/नगरपालिकाले गर्नुपर्ने उल्लेख छ। सोही आधारलाई टेकेर नगरपालिकाले सुकेका रुख काट्ने योजना बनाए पनि स्पष्ट कानुन नभएका कारण साहमाथि वन कार्यालयले पक्राउ पूर्जी नै जारी गरेको हो।

स्थानीय तहले आफू मातहतका स्रोत साधनको परिचालन र व्यवस्थापनका लागि स्पष्ट कानुन बनाएर काम गर्नुपर्ने भए पनि कानुन बनाउन नसक्दाको परिणाम वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङको भनाइ छ। ‘समयमा आवश्यक कानुन नबन्दा हामीमाथि अन्य निकायबाट थिचोमिचो भइरहेको छ,’ उनले भने, 'समयमा कानुन बनाउन सकेको भए यस्तो थिचोमिचो सहेर बस्नुपर्ने थिएन ।’

उनका अनुसार स्थानीय तह सञ्चालनका लागि करिब २ दर्जन कानुनको आवश्यकता रहे पनि अहिलेसम्म शम्भुनाथ नगरपालिकामा विनियोजन कार्यविधि, आर्थिक कार्यविधि र कार्य सञ्चालन नियमावली मात्र तयार छन्। गुरुङले बाँकी कार्यविधि र नियमावली तयार गर्न कम्तीमा पनि ६ महिना लाग्ने जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

नगरपालिकाका जनप्रतिनिधि कानुन बनाउने विषयमा आफै अन्योलमा रहेको, विभिन्न विषयगत मन्त्रालयसित समन्वयको अभाव, स्थानीय तहमा गाभिएका विभिन्न विषयगत कार्यालयका कर्मचारी जानकार रहे पनि मर्यादाक्रम प्रस्ट नहुँदा समन्वयमा समस्या उत्पन्न भएका कारण यस्ता कानुन निर्माणमा ढिलाइ भएको भएको उनले स्पष्ट पारे।

योजना निर्माण, उपभोक्ता समिति लगायतका काममा नै धेरैजसो समय बित्ने गरेको कारणले पनि कार्यविधि तथा नियमावली निर्माणमा पर्याप्त समय दिन नसकेको गुरुङले स्वीकार गरे। उनले भने, ‘विकास निर्माणका लागि योजना तथा उपभोक्ता समिति गठन गर्नैपर्‍यो, त्यसैले अन्य काममा पर्याप्त समय दिन सकिएको छैन।’

कुरा शम्भुनाथ नगरपालिकाको मात्र होइन। ९ नगरपालिकासहित १८ स्थानीय तह रहेको सप्तरीमा कुनै पनि गाउँ/नगरपालिकाले स्थानीय तह सञ्चालनका लागि पूर्ण रुपमा कानुन बनाउन नसक्दा जनप्रतिनिधि तथा कर्मचारी स्वयं अन्योलमा छन्। यतिमात्रै होइन, संविधान अनुसार स्पष्ट ऐन नबन्दा कार्यविधि र नियमावली तयार गरिसकेका स्थानीय तहले पनि सो अनुसार काम गर्न सकेका छैनन्।

Xtrem
Xtrem

जिल्लाको पूर्वोत्तर सप्तकोसी नगरपालिकाले ८ महिनाभित्र १३ वटा कार्यविधि तथा नियमावली तयार गरेको छ। तर, स्थानीय तह, प्रदेश र संघका बीचमा अधिकार बाँडफाँटको विषयमा अझै स्पष्टता अभाव रहेको र त्यसको असर स्थानीय तहको नियमावली/कार्यविधि कार्यान्वयनमा समेत परेको मेयर उत्तमकुमार गौतम बनाउँछन्। ‘हामीले अहिलेसम्म १३ वटा विषयमा नियमावली/कार्यविधि तयार गरेका त छौं,’ उनले थपे, ‘तर, सो अनुसार कार्यान्वयन गर्न सकिएन।’

पुरानो ऐनका आधारमा कतिपय निकायले अधिकार छोड्न नमान्ने र स्थानीय तहमा नयाँ प्रयोगका रुपमा निर्माण गरिएको कानुन पनि पूर्ण कार्यान्वयन हुन नसकेका कारण समस्या खडा भएको गौतम बताउँछन्। ‘सिंहदरबारको अधिकार गाउँमा पुग्छ भन्ने जनताको उत्साह एकातिर छ,’ उनले भने, ‘तर स्पष्ट ऐन कानुनको अभाव र भएकाको पनि कार्यान्वयनमा उत्पन्न जटिलताले गर्दा जनभावना अनुसार काम गर्न साह्रै गाह्रो परेको छ।’

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५  ०९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना
इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहले भने– घटना होइन, समाधानका आइडिया दिनुस्
कांग्रेसले बहिष्कार गरेपछि वीरगन्जको विशेष नगरसभा प्रभावित, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित
सम्बन्धित सामग्री
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना सुन्दरहरैचा नगरपालिका–४ स्थित सिग्देल प्रतिष्ठानको भवनमा भइरहेको कांग्रेसको अधिवेशनका क्रममा आक्रमण भएको हाे ।  घटनामा पूर्वसांसद चु... बुधबार, असोज १४, २०८३
कांग्रेसले बहिष्कार गरेपछि वीरगन्जको विशेष नगरसभा प्रभावित, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित वीरगन्जको आदर्शनगरस्थित होटल पुजनमा जारी महानगरपालिकाको २१औँ नगरसभा (विशेष नगरसभा) मा कांग्रेसबाट निर्वाचित उपप्रमुख, वडाध्यक्ष, कार... बुधबार, असोज १४, २०८३
रास्वपा केन्द्रीय समिति बैठक १७ असोजमा, एजेन्डा खुलाइएन पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक काठमाडौंको वनस्थली चमतीस्थित घण्टीघरमा बस्ने छ। बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहले भने– घटना होइन, समाधानका आइडिया दिनुस् बुधबार, असोज १४, २०८३
कांग्रेसले बहिष्कार गरेपछि वीरगन्जको विशेष नगरसभा प्रभावित, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित बुधबार, असोज १४, २०८३
मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी बुधबार, असोज १४, २०८३
सात उपसचिव बढुवाका लागि सिफारिस (सूची) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्