काठमाडौं- सरकारले लुम्बिनी केवलकार प्रालीलाई ६ दशमलव २७ हेक्टर वन क्षेत्र २५ वर्षका लागि उपलब्ध गराउने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता पार्वत गुरुङले केवलकार निर्माणका लागि जंगल क्षेत्र उपलब्ध गराउने निर्णय गरेको बताए।
वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले रुपन्देही र पाल्पामा पर्ने वन क्षेत्र केवलकार निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेको हो। जसका लागि ३ सय ३८ पोल अथवा रुख काट्न समेत स्वीकृत दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।