काठमाडौं- वासुदेव अधिकारीले नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षबाट दिएको राजीनामा स्वीकृत भएको छ। सोमबार अर्थमन्त्री विष्णु पौडेलले उनको राजीनामा स्वीकृत गरेका हुन्।
राजीनामा स्वीकृत गर्नुअघि राजस्व सचिव रामशरण पुडासैनीसहितको टोलीलाई उनको राजीनामाको सम्बन्धमा विस्तृत जानकारी लिएका थिए।
बैंकको साधारणसभाबाट प्रस्तावित लाभांश अर्थ मन्त्रालयले घटाएपछि नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिएका थिए।
नेपाल बैंकको साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसार कूल १६ प्रतिशत लाभांस (१२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांस) पारित गरेको थियो। तर अर्थ मन्त्रालयले पूर्वसहमतिविपरीत लाभांश प्रस्ताव गरी साधारणसभाबाट पारित गरेको भन्दै त्यसलाई ७ प्रतिशतमा घटाइदिएपछि अधिकारीले राजीनामा दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।