• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

अर्थ मन्त्रालयले लाभांश घटाइदिएपछि नेपाल बैंकका अध्यक्ष अधिकारीले दिए राजीनामा

64x64
सविन मिश्र आइतबार, माघ २५, २०७७  १७:३५
1140x725

काठमाडौं- बैंकको साधारणसभाबाट प्रस्तावित लाभांश अर्थ मन्त्रालयले घटाएपछि नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिएका छन्। नेपाल बैंकको साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसार कूल १६ प्रतिशत लाभांश (१२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश) पारित गरेको थियो।

तर अर्थ मन्त्रालयले पूर्वसहमतिविपरीत लाभांश प्रस्ताव गरी साधारणसभाबाट पारित गरेको भन्दै त्यसलाई ७ प्रतिशतमा घटाइदिएपछि अधिकारीले राजीनामा दिएका हुन्। अधिकारीको राजीनामा अर्थ मन्त्रालय पुगिसकेको छ। 

अर्थ मन्त्रालयले यसअघि तीनवटै सरकारी बैंकलाई गत आर्थिक वर्षको नाफाबाट वितरणयोग्य लाभांशमात्रै बाँड्न निर्देशन दिएको थियो। तर नेपाल बैंकले अर्थको निर्देशन अटेर गर्दै धेरै लाभांश प्रस्ताव गरेको थियो। पुस २९ गतेको साधारणसभाबाट लाभांश स्वीकृत भए पनि अर्थ मन्त्रालयले त्यसलाई घटाइदिएपछि अध्यक्ष अधिकारी बैंकबाट बाहिरिने अवस्थामा पुगेका हुन्। 

बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५५ करोड रूपैयाँ खुद नाफा गरेको थियो। बैंकले असार मसान्तको वित्तीय विवरण सार्वजनिक गर्दै २ अर्ब २१ करोड रूपैयाँ वितरणयोग्य नाफा भएको जनाएको थियो। नेपाल बैंकले भने गत आर्थिक वर्षको नाफाबाट ४ प्रतितशत नगद लाभांश र अघिल्लो आर्थिक वर्षको थप सार्वजनिक निष्काशन (एफपिओ)बाट आर्जित प्रिमियमबाट बोनस शेयर दिएको जनाएको छ। 

बैंकका प्रमुख व्यवस्थापक सूर्यप्रकाश भट्टले अघिल्लो वर्ष एफपिओ निष्काशनबाट आर्जित प्रमियमबाट बैंकले बोनस सेयर दिएको बताएका छन्। 'हामीले गत वर्षको नाफाबाट बोनस सेयर दिएको होइन,' भट्टले भने, 'अझै ४८ करोड रूपैयाँ बराबरको बोनस सेयर दिन पुग्ने पैसा अझै बाँकी छ।' 

nimb
nimb
Ncell 2
Ncell 2

'हामीले सरकारी स्वामित्वको बैंकहरूलाई लाभांशका विषयमा जे निर्देशन दिएका थियौँ‚ त्यो नभएको पाइएपछि उहाँहरूले गरेको प्रस्तावभन्दा फरक निर्णय भएको हो,' अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले भने, 'अर्थ मन्त्रालयले गत आर्थिक वर्षको नाफाबाट मात्रै लाभांश बाँड्नु भनेको थियो, त्यस्तो गरेको पाइएन।' अर्थ मन्त्रालयका दुई सचिवमध्ये वित्तीय क्षेत्र राजस्व सचिवको कार्यक्षेत्रभित्र पर्छ। 

बैंकको साधारणसभाले १ अर्ब ३५ करोड रूपैयाँको १२ प्रतिशत बोनस सेयर र ४५ करोड रूपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो। बैंक सञ्चालक समितिमा अर्थ मन्त्रालयकै प्रतिनिधि पनि हुन्छन्। बैंकका सञ्चालक एवं अर्थ मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले अर्थ मन्त्रालयबाट लाभांशको निर्णय भएर नआइसकेको बताए। 

बैंक सञ्चालक समितिका अध्यक्ष अधिकारीले आफूले नेपाल राष्ट्र बैंकको सहमतिमा लाभांश वितरण गरेको भन्दै त्यसबाट पछाडि फर्कन नसक्ने बताएका छन्। उनले साधारणसभाबाट लाभांश पारित भई बाँडफाँटसमेत भइसकेको अवस्थामा त्यसलाई फिर्ता गर्न नसक्ने र अर्थ मन्त्रालयले लाभांश घटाए आफूले कार्यान्वयन गर्न नसक्ने भएकाले राजीनामा दिएको पनि बताए। 

'अर्थ मन्त्रालय नेपाल बैंकको शेयरधनी हो, यहाँ सुपर रेगुलेटरी भएर प्रस्तुत हुन जरुरी छैन,' अधिकारीले भने, 'हामीले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको स्वीकृतिमा लाभांश बाँडेका छौँ, त्यसलाई घटाउने निर्णय अर्थबाट भए कार्यान्वयन गर्न सक्दिनँ भनेर राजीनामा दिएको हुँ।' अधिकारीले सार्वजनिक संस्थान र बैंकलाई सरकारले एउटै नजरले हेर्नु गलत भएको पनि उल्लेख गरे। 'बैंक तथा वित्तीय संस्था ऐनअन्तर्गत हामी चल्ने हो,' उनले भने। 

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाशप्राप्त अधिकारी २०७५ पुसमा बैंक सञ्चालक समितिको अध्यक्ष भएका थिए। तत्कालीन अर्थमन्त्री एवं अमेरिकाका लागि नेपाली राजदूत डा युवराज खतिवडाका विश्वासपात्र मानिने अधिकारी तत्कालीन् नेकपा एमाले निकट हुन्। 

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
नेप्से सूचक आज पनि घट्यो अघिल्लो दिन २.९५ अंकले घटेको सूचक आज थप १७.०१ अंकले घट्दै २ हजार ७८७.१५ अंकमा झरेको हो । बिहीबार, वैशाख १०, २०८३
नयाँ कारोबार प्रणालीको प्रभाव पर्दा पहिलो दिन घट्यो सेयर बजार नयाँ सर्किट ब्रेकरको नियम लागू भएसँगै कारोबारको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ। आज सेयर बजारमा १३ अंकले गिरावट आएसँगै २८२५ विन्... सोमबार, वैशाख ७, २०८३
भारी अंकले घट्यो सेयर बजार सो घटाइसँगै नेप्से २८३३ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ३३.२७ अंक बढेको थियो । बिहीबार, वैशाख ३, २०८३
ताजा समाचारसबै
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शनिबार, वैशाख १९, २०८३
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्