काठमाडौँ–नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग छिट्टै पार्टी एकता हुने बताएकी छन्।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले जनमत पार्टीका अध्यक्ष सीके राउतको व्यस्तताका कारण एकतामा केही ढिलाइ भएको बताइन्।
पार्टीको पूर्वनिर्धारित कार्यक्रमका कारण सीके राउत काठमाडौँ बाहिर रहेकाले उनी काठमाडौँ फर्किएपछि दुई पार्टीबिच छलफल गरेर एकताको मिति तय गरिने श्रेष्ठको भनाइ छ।
अध्यक्ष श्रेष्ठले रेशम चौधरीलाई पक्राउ गरेको विषयमा गृहमन्त्रीले सदनमा दिएको जवाफ सन्तोषजनक रहेको उल्लेख गरिन्।
यसअघि नागरिक उन्मुक्तिले रेशम चौधरीलाई पक्राउ गरेको विषयमा गृहमन्त्रीको जवाफ नआए सरकार छाड्ने चेतावनी दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।