काठमाडौं– एमालेका प्रदेश सांसद हरिशरण लामिछाने गम्भीर बिरामी भएका छन्।
उनलाई मस्तिष्कघात ब्रेन ह्यामरेज) भएको चिकित्सकले बताएका छन्।
प्रदेश नं ३ का प्रदेशसभा सदस्य तथा नेकपा (एमाले) भत्तपुर जिल्ला कमिटीका सचिव हरिशरण लामिछाने रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्कीएका थिए। चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई सोमबार बिहान मष्तिस्कघात भएको हो।
लामिछानेको सिनामंगलस्थित काठमाडौँ मेडिकल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। लामिछाने नेकपा (एमाले) को तर्फबाट भक्तपुर क्षेत्र नं १ खबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।