• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डिएसपी ढुंगेलको मुद्दा : सर्वोच्चले उल्ट्यायो उच्चको आदेश, सेवामा फर्कने बाटो खुल्यो

64x64
नारायण अधिकारी शुक्रबार, माघ २३, २०७७  १८:५१
1140x725

काठमाडौं- डाँका, शरीर बन्धक र संगठित अपराधको आरोपमा मुद्दा खेपेका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमोध ढुंगेलका लागि सेवामा फर्कने बाटो खुलेको छ। सर्वोच्च अदालतले शुक्रबार डिएसपी ढुंगेललाई साधारण तारेखमा राख्न आदेश दिएसँगै उनलाई सेवामा फर्कने बाटो खुलेको हो। 

२०७५ चैत २६ गते काठमाडौंस्थित लालेन्द्र शेरचनको घरमा शरीर बन्धक बनाई लुटपाट गरेको अभियोगमा पक्राउ परेका व्यक्तिसँग फोन सम्पर्क गरेको देखिएपछि उनलाई निलम्बन गरिएको थियो। 

उक्त घटनामा महानगरीय प्रहरी अपराध महाशाखाले विक्रम श्रेष्ठसहित तीन जनालाई पक्राउ गरेको थियो। तिनै श्रेष्ठसँग भेटघाट गरेको र फोन सम्पर्क भएको देखिएपछि ढुंगेलको भूमिका शंकास्पद भएको भन्दै प्रहरी प्रधान कार्यालयको सिफारिसमा तत्कालीन गृहसचिव प्रेम राईले २०७६ बैसाख १९ गते ढुंगेललाई निलम्बन गरेका थिए । 

पछि कुमोधविरुद्ध डाँका, शरीर बन्धकको मुद्दा जिल्ला अदालत काठमाडौंमा पुगेको थियो। सोही मुद्दाको सुनुवाइ गर्दै गत असार २ गते ढुंगेललाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो। त्यसपछि निलम्बन फुकुवा भएर उनी काममा फर्किएका थिए।

तीन वर्षभन्दा बढी सजाय हुने सक्ने अपराधको कसुरमा जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत जान सक्ने कानुनी प्रावधान छ। सोहीअनुसार जिल्लाको उक्त आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं उच्च अदालत पाटन पुगेको थियो। उच्च अदालत पाटनले गत पुस १६ गते ढुंगेलसँग १ लाख रुपैयाँ धरौटी माग गरेको थियो।

उच्च अदालतका न्यायाधीश दीपेन्द्रबहादुर बम र जगतबहादुर थापाको संयुक्त इजलासले अपराधमा संलग्न विक्रम श्रेष्ठलाई डिएसपी ढुंगेलले पाँच पटकसम्म फोन गरेको, घटना भएका दिन श्रेष्ठसँग ढुंगेलले चक्रपथमा रहेको भेनस रेस्टुरेन्टमा भेट गरेको भन्दै धरौटी माग गरेको थियो। 

उच्चले धरौटी माग गरेपछि उनी स्वतः निलम्बन भएका थिए। उच्चको आदेशविरुद्ध ढुंगेल माघ १३ गते सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उच्चको निर्णय उल्टाउँदै उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। सर्वोच्चको आदेशमा भनिएको छ, ‘काठमाडौंमा लुटपाट भएको भनिएको २०७५ चैत २६ रहेको तर उनी २७ गतेसम्म इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा हाजिर रहेको देखिएकाले लुटपाटमा संलग्नसँग काठमाडौंमा भेट भएको भन्न मिल्दैन।’

Ncell 2
Ncell 2
nimb
nimb

अन्य प्रमाणबाट पनि लुटपाट भएको समयमा डिएसपी ढुंगेल काठमाडौंमा रहेको भन्ने प्रमाण फेला नपरेकोले उनीविरुद्ध धरौटी लिन नमिल्ने तर्क सर्वोच्चको छ। सर्वोच्चको आदेशपछि ढुंगेल पनि सेवा फर्किने बाटो खुलेको हो।

ढुंगेल कोभर्ट अपरेसन (भेष बदलेर गरिने अनुसन्धान)मा पोख्त प्रहरी अफिसरका रूपमा चिनिन्छन्। रामेछापकी १३ वर्षीया सुन्तली तामाङका हत्यारा ढुंगेलकै नैतृत्वको टोलीले पत्ता लगाएका थिए। घटना भएको ६ वर्ष बितिसक्दा पनि तामाङका हत्यारा कानुनी दायरामा आउन सकेका थिएनन्।

घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा गुन्डा नाइके भनेर चिनिएका रमेश बाहुन अर्थात् सुजन पौडेलसम्म गएर ठोकियो। हत्याबारे बाहुन केही जानकार थिए। यसबारे डिएसपी ढुंगेलले प्रहरी प्रधान कार्यालयसम्म जानकारी गराए। माथिल्लो निकायबाटै 'ग्रिन सिग्नल' पाएपछि उनले बाहुनसँग सम्पर्क बढाए। बाहुनकै सूचना र सहयोगको आधारमा सुन्तली तामाङका हत्यारालाई ६ वर्षपछि डिएसपी ढुंगेलको टोलीले भारतको अण्डमान एन्ड निकोबार टापुबाट पक्राउ गर्न सफल भयो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सुन्तलीको हत्यारा पक्राउको घटनाले प्रहरीको शाख जोगाएको भन्दै २०७४ असार १२ मा काठमाडौंमा पत्रकार सम्मलेन गरिएको थियो।
डाँका मुद्दामा पक्राउ परेका विक्रम श्रेष्ठले पनि ढुंगेललाई अपराध अनुसन्धानमा सहयोग गरेका थिए। केही वर्षअघि रुपन्देहीमा भेटिएको बेवारिसे गाडी र चरेस कारोबारमा संलग्न व्यक्ति पक्राउ गर्न उनै श्रेष्ठले सहयोग गरेका थिए।

यो पनि पढ्नुहोस्

डिएसपी कुमुध ढुंगेलको निलम्बन प्रतिशोध कि प्रयोग?बुधबार, जेठ १, २०७६

यसरी बारम्बार सम्पर्क हुने गरेका व्यक्ति नै डाँका मुद्दामा पक्राउ परेपछि फोन सम्पर्ककै आधारमा आफूलाई निलम्बन गरिएको उनको तर्क छ। काठमाडौंमा डकैती भएको भनिएका बेला ढुंगेल रौतहटको चन्द्रनिगाहापुरमा कार्यरत थिए।

डिएसपी ढुंगेलकै नेतृत्वमा निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न समीरमान सिंह बस्नेतसमेत पक्राउ परेका थिए। 

त्यस्तै डा उपेन्द्र देवकोटाकी छोरी अपहरण गर्ने मुख्य अभियुक्त गोकुल गिरीलाई पनि उनै ढुंगेल नेतृत्वको टोलीले पक्राउ गरेको थियो। व्यवसायी अञ्जनीकुमार चाचन हत्याका अभियुक्तलाई पनि उनै ढुंगेलले कानुनी दायरामा ल्याएका थिए। 

हिमालयन बैंकको ५ करोडभन्दा बढी ठगी गर्ने अनिशभक्त सुवालजस्ता नेपाल प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा रहेका दर्जनौं अपराधीलाई उनै ढुंगेल नेतृत्वको टोलीले पक्राउ गरेको थियो।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरी बताउँछ । बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे चौधरीको साथबाट एक थान एयर पेस्तोलसमेत बरामद गरी नियन्त्रणमा लिइएको दाबी गर्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएकाे छ । बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ दशैंमा प्रहरीलाई मासु खुवाउनुपर्ने, तर दशैंको मासुको लागि भनेर छुट्टै बजेट नआउने भएकाले प्रहरीलाई दशैंको लागि मासुको जोहो गर्ने चिन्... बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्