• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डिएसपी ढुंगेलको मुद्दा : सर्वोच्चले उल्ट्यायो उच्चको आदेश, सेवामा फर्कने बाटो खुल्यो

64x64
नारायण अधिकारी शुक्रबार, माघ २३, २०७७  १८:५१
1140x725

काठमाडौं- डाँका, शरीर बन्धक र संगठित अपराधको आरोपमा मुद्दा खेपेका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमोध ढुंगेलका लागि सेवामा फर्कने बाटो खुलेको छ। सर्वोच्च अदालतले शुक्रबार डिएसपी ढुंगेललाई साधारण तारेखमा राख्न आदेश दिएसँगै उनलाई सेवामा फर्कने बाटो खुलेको हो। 

२०७५ चैत २६ गते काठमाडौंस्थित लालेन्द्र शेरचनको घरमा शरीर बन्धक बनाई लुटपाट गरेको अभियोगमा पक्राउ परेका व्यक्तिसँग फोन सम्पर्क गरेको देखिएपछि उनलाई निलम्बन गरिएको थियो। 

उक्त घटनामा महानगरीय प्रहरी अपराध महाशाखाले विक्रम श्रेष्ठसहित तीन जनालाई पक्राउ गरेको थियो। तिनै श्रेष्ठसँग भेटघाट गरेको र फोन सम्पर्क भएको देखिएपछि ढुंगेलको भूमिका शंकास्पद भएको भन्दै प्रहरी प्रधान कार्यालयको सिफारिसमा तत्कालीन गृहसचिव प्रेम राईले २०७६ बैसाख १९ गते ढुंगेललाई निलम्बन गरेका थिए । 

पछि कुमोधविरुद्ध डाँका, शरीर बन्धकको मुद्दा जिल्ला अदालत काठमाडौंमा पुगेको थियो। सोही मुद्दाको सुनुवाइ गर्दै गत असार २ गते ढुंगेललाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो। त्यसपछि निलम्बन फुकुवा भएर उनी काममा फर्किएका थिए।

तीन वर्षभन्दा बढी सजाय हुने सक्ने अपराधको कसुरमा जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत जान सक्ने कानुनी प्रावधान छ। सोहीअनुसार जिल्लाको उक्त आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं उच्च अदालत पाटन पुगेको थियो। उच्च अदालत पाटनले गत पुस १६ गते ढुंगेलसँग १ लाख रुपैयाँ धरौटी माग गरेको थियो।

उच्च अदालतका न्यायाधीश दीपेन्द्रबहादुर बम र जगतबहादुर थापाको संयुक्त इजलासले अपराधमा संलग्न विक्रम श्रेष्ठलाई डिएसपी ढुंगेलले पाँच पटकसम्म फोन गरेको, घटना भएका दिन श्रेष्ठसँग ढुंगेलले चक्रपथमा रहेको भेनस रेस्टुरेन्टमा भेट गरेको भन्दै धरौटी माग गरेको थियो। 

उच्चले धरौटी माग गरेपछि उनी स्वतः निलम्बन भएका थिए। उच्चको आदेशविरुद्ध ढुंगेल माघ १३ गते सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उच्चको निर्णय उल्टाउँदै उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। सर्वोच्चको आदेशमा भनिएको छ, ‘काठमाडौंमा लुटपाट भएको भनिएको २०७५ चैत २६ रहेको तर उनी २७ गतेसम्म इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा हाजिर रहेको देखिएकाले लुटपाटमा संलग्नसँग काठमाडौंमा भेट भएको भन्न मिल्दैन।’

nimb
nimb
Ncell 2
Ncell 2

अन्य प्रमाणबाट पनि लुटपाट भएको समयमा डिएसपी ढुंगेल काठमाडौंमा रहेको भन्ने प्रमाण फेला नपरेकोले उनीविरुद्ध धरौटी लिन नमिल्ने तर्क सर्वोच्चको छ। सर्वोच्चको आदेशपछि ढुंगेल पनि सेवा फर्किने बाटो खुलेको हो।

ढुंगेल कोभर्ट अपरेसन (भेष बदलेर गरिने अनुसन्धान)मा पोख्त प्रहरी अफिसरका रूपमा चिनिन्छन्। रामेछापकी १३ वर्षीया सुन्तली तामाङका हत्यारा ढुंगेलकै नैतृत्वको टोलीले पत्ता लगाएका थिए। घटना भएको ६ वर्ष बितिसक्दा पनि तामाङका हत्यारा कानुनी दायरामा आउन सकेका थिएनन्।

घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा गुन्डा नाइके भनेर चिनिएका रमेश बाहुन अर्थात् सुजन पौडेलसम्म गएर ठोकियो। हत्याबारे बाहुन केही जानकार थिए। यसबारे डिएसपी ढुंगेलले प्रहरी प्रधान कार्यालयसम्म जानकारी गराए। माथिल्लो निकायबाटै 'ग्रिन सिग्नल' पाएपछि उनले बाहुनसँग सम्पर्क बढाए। बाहुनकै सूचना र सहयोगको आधारमा सुन्तली तामाङका हत्यारालाई ६ वर्षपछि डिएसपी ढुंगेलको टोलीले भारतको अण्डमान एन्ड निकोबार टापुबाट पक्राउ गर्न सफल भयो।

सुन्तलीको हत्यारा पक्राउको घटनाले प्रहरीको शाख जोगाएको भन्दै २०७४ असार १२ मा काठमाडौंमा पत्रकार सम्मलेन गरिएको थियो।
डाँका मुद्दामा पक्राउ परेका विक्रम श्रेष्ठले पनि ढुंगेललाई अपराध अनुसन्धानमा सहयोग गरेका थिए। केही वर्षअघि रुपन्देहीमा भेटिएको बेवारिसे गाडी र चरेस कारोबारमा संलग्न व्यक्ति पक्राउ गर्न उनै श्रेष्ठले सहयोग गरेका थिए।

यो पनि पढ्नुहोस्

डिएसपी कुमुध ढुंगेलको निलम्बन प्रतिशोध कि प्रयोग?बुधबार, जेठ १, २०७६

यसरी बारम्बार सम्पर्क हुने गरेका व्यक्ति नै डाँका मुद्दामा पक्राउ परेपछि फोन सम्पर्ककै आधारमा आफूलाई निलम्बन गरिएको उनको तर्क छ। काठमाडौंमा डकैती भएको भनिएका बेला ढुंगेल रौतहटको चन्द्रनिगाहापुरमा कार्यरत थिए।

डिएसपी ढुंगेलकै नेतृत्वमा निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न समीरमान सिंह बस्नेतसमेत पक्राउ परेका थिए। 

त्यस्तै डा उपेन्द्र देवकोटाकी छोरी अपहरण गर्ने मुख्य अभियुक्त गोकुल गिरीलाई पनि उनै ढुंगेल नेतृत्वको टोलीले पक्राउ गरेको थियो। व्यवसायी अञ्जनीकुमार चाचन हत्याका अभियुक्तलाई पनि उनै ढुंगेलले कानुनी दायरामा ल्याएका थिए। 

हिमालयन बैंकको ५ करोडभन्दा बढी ठगी गर्ने अनिशभक्त सुवालजस्ता नेपाल प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा रहेका दर्जनौं अपराधीलाई उनै ढुंगेल नेतृत्वको टोलीले पक्राउ गरेको थियो।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
केन्द्रको कारबाही सिफारिस बेवास्ता गर्दै बागमतीमा राप्रपाको एमाले–नेकपासँग सत्ता सहमति मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
एनसेलका ग्राहकलाई नेपाल मेडिसिटीमा निःशुल्क चिकित्सक परामर्श मंगलबार, भदौ ९, २०८३
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्