काठमाडौं- प्रेममा असफल भएपछि कुलतमा फसेर ज्यान गुमाएका युवाको कथामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ। नआउनु है भेट्न बोलको गीतको म्युजिक भिडियो युट्युबमार्फत् सार्वजनिक भएको हो। गीत बियोगान्त छ। भिडियोको अन्त्य पनि दुःखद छ।
गायक निशान भट्टराईको आवाजमा रहेको गीत निकै कर्णप्रिय र मर्मस्पर्शी छ। यसको शब्द टीआर गौडेलले लेखेका हुन्। उनले आजभन्दा १२ वर्षअघि नआउनू है भेट्न बोलको गीत लेखेको बताए। उनका अनुसार, पुराना कापीका पाना पल्टाउँदै जाँदा यो गीत फेला परेपछि गीतको आकारमा ढालिएको हो।
गीतमा बबुल गिरीले संगित भरेका छन्। गीतको भिडियोमा प्रथम क्षेत्री, रियाशा दाहाल र भीम खड्काको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन गीतकार समेत रहेका टीआर गौडेलले नै गरेका छन्। अजय रेग्मीको छायांकन रहेको भिडियोलाई टीआर गौडेलले आफ्नै नामको युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्। भिडियोमा दु:खद् अन्त्य देखाइए पनि मेसेज भने सकारात्मक रहेको गौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।