• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

खाली ठाउँ भर्न कविता लेखेको हुँ : प्रसन्न घिमिरे

64x64
नेपाल लाइभ सोमबार, वैशाख ३१, २०७५  ०२:३६
1140x725

काठमाडौं– ‘मलाई नयाँ शब्दहरु औधी मन पर्छन्। नेपाली भाषिकाका शब्दहरु खोज्न रुचाउँछु’, कार्यक्रमको सुरुवातमै कविता वाचनका लागि उद्घोषकले आग्रह गरेपछि कवि प्रसन्न घिमिरेले पुस्तकको नामको बारेमा खुल्दुली मेटाउँदै भने, ‘मिझोर शब्द पश्चिम नेपालका मगरहरुले अभिवादनको लागि प्रयोग गर्छन्।’

कार्यक्रम थियो कविता संग्रह 'मिझोर'को विमोचन र अन्तरसम्वाद। समीक्षक शेखर खरेलसँगै उनले पुस्तकको विमोचन गरे। घिमिरेले ‘एक पटक’ कविता वाचन गरेपछि कार्यक्रमले रफ्तार लियो।

खरेलले भने, ‘कविताको क्षेत्र फराकिलो छ। कवितामा एउटा मात्रै दृष्टिकोण दिन सकिँदैन। किनकि यो धेरै विषयसँग जोडिएको हुन्छ।’ कवि घिमिरेको ‘बर्सातमा नेपालगञ्ज’ कविताको उदाहरण दिँदै खरेले भने, ‘यो कविता पढ्दा म असाध्यै छोइएँ।’

‘सुकर्म’ ब्यान्डको कार्यक्रममा गैँडाकोटमा खरेलसँग भएको पहिलो भेटदेखि कविता लेखनलाई लिएर आफ्ना ठूलोबुवा राष्ट्रकवि माधवप्रसाद घिमिरेले चिनाइदिएको घटनासम्मका आफ्ना स्मृतिलाई घिमिरेले ताजा बनाए। यसबीचमा उनले मौनता शीर्षकको कविता पनि सुनाउन भ्याए।

‘मौनता मेरो रुचिको विषय हो। हामी मौन रहँदैनौँ, कहिले चाहेर त कहिले नजानेर पनि। तलाउमा आफ्नै छाया हेर्न पनि मौनता नै आवश्यक पर्छ। यदि तलाउमा केही वस्तु खसालियो र तरंग पैदा भयो भने दृश्य वा छाया धमिलो हुन्छ। त्यसकारण तलाउको सहायताले मौनताको बारेमा बुझ्नका लागि पनि यो कविता लेखेको हुँ’, कवि घिमिरे कविता सुनाउँदै त्यसको रचनागर्भ समेत जोडे, 'गाइने दाइ’ 8को एक किनारीकृत पात्रलाई केन्द्रमा राखेर यो कविता लेखेको हुँ।'

विज्ञानसम्मत कथाहरुलाई कविताको दायरामा ल्याउँदै तर्क र तर्कना दुवै समेट्न कवि घिमिरे सफल भएको धारणा राखे खरेलले। ‘संग्रहमा भएका कविताले सम्बन्धका बारेमा पनि आवाज दिएका छन्। कतिपयले छुटिगएका र साथमै भएका त कतिपयले साथमै भएर पनि आफ्नो नभएका सम्बन्धहरुको आयाम बोकेको पाएँ’, उनले थपे, ‘मानौं, धेरै छुटिसकेको छ। फूल कसैले टिपेर लगिसक्यो तर त्यसको केही बास्ना बाँकी छ। कोही हिँडेर पर पुगिसक्यो तर पैतालाका डोब बाँकी छन्। यसरी नै कवितामा स्मृतिहरुको दोस्रो खण्ड यानेकि ख्याल नगरिने खण्ड अनुभूत हुनेगरी आएको छ।’

‘काश्मिर’ कविता पढ्दा कवि आफै सो स्थानमा पुगेर लेखेको अनुभूति भएको खरेलले बताइरहँदा कवि प्रसन्न बीचमै जोडिए, ‘काश्मिर र सिरियाको पीडा हामीले देख्न पाएका छैनौँ तर मिडियाले हामीलाई त्यहाँका दृश्यहरु देखाइदिएर अनुभूत गर्न सजिलो बनाइदिएको छ। नेपालमा त्यस्तो घटना नघटोस् भन्ने इच्छा नै यस कवितामार्फत जाहेर गरेको छु।’

बीचबीचमा दर्शकहरुको खस्याकखुसुक सुनिन थालेपछि कवि घिमिरे बुझेझैं गर्थे कविता सुनाउँथे। उनले कारण, आधा, कथामा एक चिया दोकान तथा कार्यक्रममा उपस्थित भएकी आफ्नी भतिजीलाई नै सम्झिएर लेखेको कविता ‘नर्सरी’ उनैलाई समर्पित गर्दै सुनाए। 

Ncell 2
Ncell 2
nimb
nimb

अन्तरसम्वादको करिब–करिब अन्तिम खण्डतिर खरेल वक्ता कम प्रश्नकर्ताको भूमिकामा बढी आफूलाई उभ्याइरहेका थिए। यस्तो लाग्थ्यो कि उनी कविलाई बुझ्न चाहन्छन्, अनि उनको कविता कर्मलाई बुझ्न पनि उत्तिकै लालायित छन्। अन्य कविहरुजस्तो तपाईं त्यति बाहिर देखिनुभएन नि? भन्ने खरेलको प्रश्नमा घिमिरे जवाफ दिन्छन्, ‘जीवनका आयामहरुको समग्र दृश्य मेरो आँखामा पर्न/छापिन तलाउजस्तो हुनुपर्दो रहेछ। त्यसैले कविले मौनतामा गएन भने कविता लेख्न सक्दैन। यदि मौनतामा नरहेको भए म यस्तो हुने थिइन।’ 

पछिल्लो समयको कविताको बजारलाई इंगित गर्दै उनले थपे, ‘अहिलेको मनोविज्ञान मौनतालाई थिच्दै हल्लालाई बढावा दिने खालको छ। त्यसकारण मलाई बाहिर नदेख्नु भएको हो।’

रचनात्मक कार्य गर्ने जुनसुकै क्षेत्रका व्यक्तिहरुबीचमा नदेखिने सम्बन्ध रहने बताउँदै खरेलले पछिल्लो समय कविताकर्ममा सहकार्य र परिमार्जन कम हुने गरेको औँल्याए। अहिले लेखिएका धेरै कवितामा विचार तथा राजनीतिका नाममा आक्रोश पनि सँगसँगै जोडिएर आएको भूमिका बाँध्दै खरेलले घिमिरेमाथि प्रश्न गरे, ‘राम्रो कविता हुन कस्तो हुनुपर्छ मलाई थाहा छैन तर कवितामा आक्रोश कत्तिको जरुरी छ?’

लाउड कविता मन पर्ने भन्दै उनले कविताबाट आफूले शान्तपूर्ण आक्रोश पाउने सुनाए। 'मैले राजनीतिका कविता पनि लेखेको छु तर मैले मेरो स्वाभाव लाउड बनाउन नचाहेको मात्रै हुँ,' ‘र निशब्द’ र ‘एकात्म’ (संयुक्त कविता संग्रह) प्रकाशन गरिसकेका उनले भने, 'पुराना स्रष्टाका कविता पढेँ तर उहाँहरुका कवितामा कहाँनेर र कस्तो तरिकाले कविता लेख्न छुटेको छ त भन्ने अध्ययन गरेर मैले यस्ता कविता लेख्न थालेको हुँ।’ 

Xtrem

Xtrem

अन्तिम चरणका कविता सुनाउनुअघि उनले भने, ‘मिडियामा आफूले खोजेका जस्ता कविता भेटाइनँ। त्यसैले खाली ठाउँ भर्न मात्र कविता लेखेको हुँ।’

अन्तिममा ‘प्वाँख’ र आफूलाई विशेष मन पर्ने कविता ‘सान्त्वना’ सुनाएर कवि घिमिरे वाचन र सम्वादको सिलसिलाबाट बाहिरिए। 

मिझोरलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५  ०२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो
नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारी छ : बालेन
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका बुधबार, असोज १४, २०८३
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो बुधबार, असोज १४, २०८३
नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारी छ : बालेन बुधबार, असोज १४, २०८३
प्राविधिक सांसदसँग प्रधानमन्त्री शाहको आग्रह: ज्ञान र सीप देश निर्माणमा लगाउनुस् बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्