काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापाका नेता गगन पुरी भनिने रेवतराज पुरी ५ लाख धरौटीमा रिहा भएका छन्।
झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेका आरोपमा १२ करोड १३ लाख ७२ हजार १७८.८६ रूपैयाँ विगो दाबी गर्दै सम्पत्ति सुद्धीकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
विशेष अदालतले बिहीबार पुरीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै धरौटी तिरेर पुरी रिहा भएका हुन्।
पुरीसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको थियो। नेता पुरीकी श्रीमती केशावती पुरी, आफन्त मनमाया पुरी, देवकुमार पुरी, कृष्णकुमार पुरी र संगीता पुरीलाई प्रतिवादी बनाइएको थियो। यो केशमा गगनमात्रै थुनामा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।