सांकेतिक तस्बिर
काठमाडौं- जनकपुरमा २७ राउन्ड हवाइ फायर भएको छ। नेकपाको प्रचण्ड-नेपाल समूहले गराएको आम हडताललाई स्थानीय व्यापारीहरूले तोडेपछि प्रहरीले भिड नियन्त्रणमा लिन हवाइ फायर गरिएको जानकारी दिएको छ।
'नेकपा कार्यकर्ताले स्थानीय व्यापारीले खोलेका पसल बन्द गराउन थालेपछि प्रहरीले नियन्त्रणमा लिन २७ राउन्ड हवाइ फायर गरेको हो। १२ सेल अश्रुग्यास पनि प्रहार भएको छ,' प्रदेश २ का डिआइजी धीरजप्रसाद सिंहले भने।
प्रहरीसँगको झडपमा नेकपा केन्द्रीय कमिटी सदस्य रामचन्द्र झा घाइते भएका छन्। लाठी प्रहार तथा अश्रुग्याँसले झासहित केही नेता/कार्यकर्ता घाइते भएको बताइएको छ।
'जनकपुरमा प्रहरीले नेकपा केन्द्रीय कमिटी सदस्य रामचन्द्र झामाथि आक्रमण गरी गम्भीर घाइते बनाइएको छ,' नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।