• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १९, २०८२ Mon, Feb 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

तीन गुन्डा नाइकेको सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै 

64x64
नेपाल लाइभ बिहीबार, माघ २२, २०७७  ११:२२
1140x725

काठमाडौं- सर्वोच्च अदालतमा तीन गुन्डा नाइकेहरू गणेश लामा, चक्रे मिलन भन्ने मिलन गुरुङ र पर्शुराम भन्ने कृष्ण बस्नेतको मुद्दा पेशीमा चढेको छ। गैरकानूनी गतिविधिबाट आर्थिक लाभ लिई सम्पत्ति शुद्धीकरण कानून विपरीतको सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दा सर्वोच्च पुगेको हो।

विशेष अदालतले सफाई दिएपछि त्यसविरुद्ध सरकार सर्वोच्चमा पुगेको थियो। विशेषले पाँच जना मध्ये गणेश लामालाई मात्र दोषी ठहर गर्दै अन्यलाई सफाइ दिएको थियो। सम्पत्ति शुद्धीकरण ऐन आउनु भन्दा पहिलेको सम्पत्ति आर्जन देखिएको भन्दै अरुलाई सफाइ दिएको थियो। सरकारले गणेश लामा विरुद्ध २०७५ पुस ९ मा लामा स्वंयले २०७५ कात्तिकमा सर्वोच्चमा निवेदन दिएका थिए। त्यस्तै पर्शुराम बस्नेत विरुद्ध सरकारले २०७५ असार १५ गते सर्वोच्चमा पुनरावलोकन दर्ता गराएको थियो। त्यस्तै चक्रे मिलन विरुद्ध २०७५ जेठ ३० मा निवेदन दर्ता गराएको थियो।  

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पाँच जना गुन्डा नाइकेविरुद्ध मुद्दा दायर गरेको भएपनि चार जनाको मात्र मुद्दा सर्वोच्च पुगेको छ। गण्डकीका प्रदेश सभा सदस्य रहेका दीपक मनाङेका हकमा भने म्याद समाप्त भएपछि मात्र निवेदन पुगेकाले मुद्दा नचल्ने भएको थियो। मनाङेबाहेक गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी र चक्रे मिलन भन्ने मिलन गुरुङको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको छ। तीमध्ये गिरि बाहेकको पेशी बिहीबार दुई इजलासमा तोकिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानमा आधारित भएर २०७० साल जेठ ५ गते लामासहित पाँच जना गुन्डा नाइकेविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो। अवैधानिक गतिविधिबाट सम्पत्ति आर्जन गर्ने, व्यक्तिलाई धम्काएर असुल गर्ने र उक्त सम्पत्ति वैधानिक बनाउन विभिन्न स्थानमा लगानी गरेका दाबी विभागले गरेको थियो। 

गणेश लामा


लामा विशेष अदालतबाट दोषी ठहर भएका एकमात्र प्रतिवादी हुन्। एकैपटक मुद्दा दायर भएका अन्य चार आरोपितले सफाइ पाउँदा लामा भने दोषी ठहर भए। यसरी विशेषले अन्यलाई सफाइ दिँदा आफूलाई दोषी ठहर गरेपछि उनी उक्त फैसलाविरुद्ध सर्वोच्च पुगेका थिए। त्यस्तै, सरकारी पक्ष पनि विशेष फैसला विरुद्ध सर्वोच्च पुगेको छ। नेपाली कांग्रेसका नेतासमेत रहेका लामा र सरकारले हालेको पुनरावेदन सर्वोच्च अदालतले २०७६  पुस २२ गते फाइल मगाउने आदेश गर्दै मुद्दा सुरु गरेको थियो। 

लामाले विशेषको फैसलालाई चुनौती दिँदै २०७५ कात्तिक ९ गते पुनरावेदन दर्ता गरेका थिए। लामाले मुद्दा दर्ता गरेको दुई महिनापछि सरकारी पक्षले पनि विशेषको अदालतको फैसलाविरुद्ध पुनरावेदन दर्ता गरेको थियो। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले फाइल मगाउने आदेश गरेको थियो। दोस्रो सुनुवाइका लागि लामाको मुद्दा न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको इजलाशमा पेशी तोकिएको छ। 

विशेष अदालतले २०७५ साउनमा  दोषी ठहर हुने फैसला सुनाएको थियो। विशेषले उनलाई एक वर्ष कैद र एक करोड ४० लाख ५० हजार बराबरको बिगो बापतको सम्पत्ति जफत हुने फैसला सुनाएको थियो। उनले गुन्डागर्दी लगायत आपराधिक गतिविधिबाट २७ करोड १ लाख रूपैयाँ सम्पत्ति जोडेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो।

Ncell 2
Ncell 2

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले यस्तो फैसला सुनाएको थियो। मुद्दा दर्ता भएको पाँच वर्षपछि विशेष अदालतले अन्तिम फैसला सुनाउँदै लामालाई  दोषी ठहर गरेको हो। सरकारले दीपक मनाङ्गे बाहेकको हकमा सर्वोच्चमा मुद्दा हालेको छ।

मनाङ्गेको पुनरावेदन आलटाल गर्दैमा मिति गुज्रेको थियो। विभाग र ब्युरोको संयुक्त अनुसन्धानमा लामाको सम्पत्तिको लामो फेहरिस्त देखिएको दाबी गरिएको थियो। लामा र उनको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा प्रशस्त लगानी रहेको दाबी गरिएको थियो। लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा २ सय ५ रोपनी र २७ करोड १ लाख अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो। 

चक्रे मिलन


अवैध असुलीबाट सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण मुद्दा लागेका गुन्डा नाइके चक्रे मिलन अर्थात मिलन गुरुङले पनि विशेष अदालतवाट सफाइ पाएका थिए। लगत्तै सरकारी पक्षले सर्वोच्चमा पुनरावेदन गरेको थियो। विशेषको फैसला त्रुटीपूर्ण रहेको भन्दै सरकारी पक्षले २०७५ जेठ ३० गते सर्वोच्चमा पुनरावेदन दायर गरेको थियो। उक्त निवदनमा सुनुवाइ गर्दै असार ३ गते सर्वोच्च अदालतले विपक्षी झिकाउने आदेश गरेको थियो। उनको मुद्दा दोस्रो सुनुवाइका लागि ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको इजलासमा पेशी तोकिएको छ। 

सरकारले दर्ता गरेको पुनरावेदनमा सुनुवाइ गर्दै विपक्षी झिकाउने आदेश गर्दै मुद्दाको शुरूआत भएको थियो। न्यायाधीश मिरा खड्का र मनोजकुमार शर्माको इजलासले मिलन गुरुङको मुद्दा सर्वोच्चमा सुरु गर्ने आदेश गरेको हो। यो आदेशपछि २ वर्षदेखि सर्वोच्चमा विचाराधीन मुद्दामा सुनुवाइ प्रक्रिया अघि बढ्ने छ।  विशेष अदालतले २०७४ माघ १० गते सफाई पाएका थिए।

अर्थमन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चार वर्ष लगाएर ५ जना गुन्डा नाइकेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो। अवैधानिक क्रियाकलापबाट सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको भन्दै २०७० जेठ ५ मा विशेष अदालतमा करोडौं रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो।

मुद्दा दर्ता भएको चार वर्षपछि विशेष अदालतले अन्तिम फैसला सुनाउँदै  गणेश लामा बाहेक सबैलाई सफाइ दिएको थियो। चक्रेले ८ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको दाबी अभियोगपत्रमा गरिएको थियो। चक्रे मिलनको नाममा काठमाडौंमा ७ आना जग्गा र उनको परिवारका नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गा गरी ७ करोड अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो। सर्वोच्चले विशेषको फैसलालाई अब फेरि तथ्य जाँच गर्दै फैसला सुनाउनेछ।

पर्शुराम बस्नेत


अर्का गुन्डा नाइके पर्शुराम बस्नेतको मुद्दा पनि पेशीमा चढेको छ। विशेषले उनलाई सफाइ दिने फैसला सुनाएको थियो। बस्नेतसँग विभागले ११ करोड बराबरको सम्पत्ति रहेको दाबी गरेको थियो। बस्नेतले श्रीमतीसँगै सहयोगी मुकेश बस्नेतको नाममा गुन्डागर्दीबाट आर्जन गरेको सम्पत्ति लुकाएको दाबी विभागको थियो।

मोरङमा ४२ रोपनी जग्गा, ३ वटा गाडी, एडजोन एडभर्टाइजिङ, पिआर हार्डवेयर, बंगलामुखी बिल्डर्स, गजलक्ष्मी ट्रेड, मेरो ट्राभल्स, वेलकम पार्टी प्यालेस र टेकेन्द्र निर्माण सेवालगायतमा लगानी गरेको विभागको आरोपपत्रमा दाबी गरिएको थियो।  दोस्रो सुनुवाइका लागि बस्नेतको मुद्दा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेशी रहेको छ।   विशेष अदालतले उनको सम्पत्ति शुद्धीकरण ऐन आउनुअघि आर्जन गरेको भन्दै सफाइ दिएको थियो। विशेषले बस्नेतलाई २०७४ चैत २५ गते सफाइ दिने फैसला सुनाएको थियो।  न्यायाधीशहरू बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले उनलाई सफाइ दिएको थियो। 

अभिषेक गिरी
अवैध आर्जनबाट सम्पत्ति आर्जन गरेको आरोप लागेका गुन्डा नाइके अभिषेक गिरीले विशेष अदालतबाट सफाइ पाएका थिए। विभागले दाबी गरेको सम्पत्ति ऐन जारी हुनुभन्दा अघि नै आर्जन गरेकाले दोषी ठहर गर्न नमिल्ने विशेषको फैसलामा उल्लेख छ। लगत्तै २०७५ पुस ९ गते सरकारका तर्फबाट सर्बोच्चमा पुनरावेदन गरिएको थियो। 

विशेष अदालतको फैसलाविरुद्ध सरकारी पक्षले दर्ता गरेको पुनरावेदनलाई सर्वोच्चले २०७७ असार ३ गते विपक्षीलाई झिकाउने आदेश गरेको थियो। सर्वोच्चको यो आदेशसँगै उनको मुद्दा सर्वोच्चमा सुनुवाइ सुरु भएको छ। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले गिरीको मुद्दालाई पुनरावलोकन गर्ने अनुमतिसँगै विपक्षी झिकाउने आदेश पनि  दिएको थियो।

गिरीलाई विशेष अदालतले २०७५ असार ५ गते सम्पत्ति शुद्धीकरणको मुद्दामा सफाइ दिएको थियो। विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी तथा न्यायाधीश चन्ढीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले बस्नेतलाई सफाइ दिएको थियो। विभागले गिरीसँग २.९४ करोड रूपैयाँ अवैध सम्पत्ति रहेको दाबी गरेको थियो। विभागले यसरी आर्जन गरेको सम्पत्ति गिरीले श्रीमती अनिषा गिरीको नाममा समेत राखेको भन्दै उनलाई पनि विपक्षी बनाएको थियो।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  ११:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध सुरु हुने खामेनीको चेतावनी
यूएईले दियो दुई सय ६७ नेपाली कैदीलाई आममाफी
राष्ट्रपति रामचन्द्र पौडेल जापानमा
सम्बन्धित सामग्री
आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना हाल तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधरणतया... सोमबार, माघ १९, २०८२
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’ आइतबार साँझ क्रुजको विधिवतरुपमा उद्घाटन भएपछि ‘राइनो क्रुज’ले नियमित सेवा सञ्चालन गरेको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा... सोमबार, माघ १९, २०८२
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८२ साल असार ४ मा भएको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा नेपालको... आइतबार, माघ १८, २०८२
ताजा समाचारसबै
अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध सुरु हुने खामेनीको चेतावनी सोमबार, माघ १९, २०८२
यूएईले दियो दुई सय ६७ नेपाली कैदीलाई आममाफी सोमबार, माघ १९, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल जापानमा सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै सोमबार, माघ १९, २०८२
आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार, माघ १८, २०८२
पत्रकार दिनेश सिटौलाको निधन आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्