काठमाडौं- नेपाल प्रेस युनियनको केन्द्रीय कार्यसमितिको बैठकले नवौं महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ। बुधबार बर्दियाको ठाकुरद्वारामा बसेको सो बैठकले आगामी जेठ १३ र १४ गते नवौं महाधिवेशन गर्ने निर्णय गरेको हो।
युनियनको नवौं महाधिवेशन जेठ १३ र १४ गतेका लागि निर्धारण गरिएको अध्यक्ष बद्री सिग्देलले जानकारी दिए। महाधिवेशन कुन ठाउँमा गर्ने भन्ने विषयमा सचिवालयले टुंगो लगाउने उनले बताए।
यसअघि गत चैत २१ र २२ गते बाँकेको नेपालगञ्जमा युनियनले महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण महाधिवेशन स्थगित गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।