डडेल्धुरा- डडेल्धुरा अस्पताल सङ्कटमा गुज्रँदै गएको छ। विसं २०७० मा टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरा गाभेर उपक्षेत्रीय अस्पताल बनाइएको केही समयअघि २०७५ फागुनमा नेपाल सरकारले सुविधा सम्पन्न बनाउने उद्देश्यले प्रदेशबाट सङ्घ मातहतमा राखिएपछि झनै सङ्कटमा परेको छ।
सो अस्पतालमा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी छ। यहाँ अहिले छात्रवृत्ति र करारमा गरी १२ जना विशेषज्ञमात्रै चिकित्सक रहेको अस्पतालका निमित्त प्रमुख डा जगदीशचन्द्र विष्टले जानकारी दिए। ‘अस्पतालमा तीनजना विशेषज्ञ चिकित्सक मेडिकल अधिकृतको दरबन्दीमा छौँ, नौ जना चिकित्सक छात्रवृत्ति र करारमा काम गरिरहेका छन्,’ उनले भने।
हाल अस्पतालमा १८ जनाको मेडिकल अफिसर दरबन्दी भएपनि चारजना मात्र रहेका डा विष्टले बताए। तीस स्टाफ नर्समध्ये सातजना मात्र कार्यरत अस्पतालमा पछिल्लो करारबाट पदपूर्ति गर्ने गरी विज्ञापन गरिएको छ। अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अस्पतालमा अभाव रहेको उनले बताए।
दरबन्दी अनुसारका चिकित्सक सात वर्षको अवधिमा कहिले पनि रहेनन्। टिम अस्पतालबाट उपक्षेत्रीय हुँदै हालै मात्र विशेषज्ञ चिकित्सकसहितको सो अस्पताल घोषणा गरिएपनि अस्पतालमा कति दरबन्दी रहने र खर्चको विवरण के हुने भन्ने अहिलेसम्म प्राप्त हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।