काठमाडौं- गायक शाहिल खड्काले म्युजिक भिडियो ‘कान्छी’ सार्वजनिक गरेका छन्। विगत ७ वर्षदेखि सांगितिक यात्रामा रहेका शाहिलले आफ्नै युट्युब च्यानलबाट कान्छी गीत सार्वजनिक गरेका हुन्।
गीतमा शाहिलसँगै थारु गीतहरूबाट चर्चा कमाएकी अनु चौधरीको आवाज छ। गीतको शब्द र संगीतको काम पनि शाहिल स्वंयले गरेका छन्। गीतको म्युजिक भिडियोमा भने बुद्धि तामाङ, मेनका प्रधान र विकास श्रेष्ठको अभिनय छ।
भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् भने छायांकन बुद्ध थापाले गरेका छन्। त्यो मनमा, कालो कोठी गालैमा, के यो माया हो, सरिमै लाउने, लगायतले चर्चा दिलाइसकेका शाहिल संगीतमा सँधै फरक गर्ने कोशिश गरिरहने बताउँछन्। त्यसैले कान्छी बोलको गीतमा पूर्वेली लोक भाकालाई उठाएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।