फाइल तस्बिर।
काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौता तोडेको भन्दै धुर्तको संज्ञा दिएका छन्। प्रचण्ड-माधव पक्षको विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले केपी ओलीलाई हिजोका सामान्ति राजामहाराहरूले साथ दिइरहेको आरोप लगाए।
‘पार्टी एकता गर्दा हामीले मार्क्सवाद, लेनिनवाद भन्यौं। सिद्धान्त समाजवाद उन्मुख जनवाद भन्यौं। हामीले दुई अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने भनेर सहमति गर्यौं। त्यसमा मेरो र केपी ओलीको हस्ताक्षर छ’ प्रचण्डले भने, ‘केपी ओली बेमाइन रहेछन्, साच्चै धुर्त र ठग रहेछन्। यति बेइमान गरेको देख्दा आश्चार्य लाग्छ।’
यस्तो छली, ठगी र खुराफात गर्ने मान्छे कसरी त्यहाँ पुगेको होला भन्दै प्रचण्डले प्रतिप्रश्न गरे। ‘अहिले हेर्नुभयो भने केपी ओलीको पक्षमा हिजोका राजा महाराजाका धुपौरेहरू छन्। यो साँचो कुरा हो। ध्यान दिनुहोला।’
केपी ओलीलाई वरिपरी प्रतिक्रान्तिकारीहरूले घेरेको बताउँदै प्रचण्डले उनीहरूकै इच्छा र इसारामा चलेको आरोप लगाए। प्रचण्डले प्रतिक्रान्तिकारीहरूकै पदमा केपी ओली लम्पसार भएको बताए। अहिलेको सरकार राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादमा पुग्नेभन्दा पनि दलाल पूँजीवादको श्रीवृद्धि गर्न लागेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।