काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बीमा अभिकर्तालाई तालिम दिएको छ। बीमा समितिबाट मंसिर १५ गते जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका बमोजिम यही माघ ११ देखि १४ गतेसम्म कम्पनीमा आवद्ध कृषि तथा पशुपन्छी बीमा अभिकर्तालाई तालिम दिइएको बताइएको छ।
तालिमपश्चात् कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकबीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका खेली सेतुको रुपमा काम गर्ने अपेक्षा लिएको कम्पनीले लिएको छ।
तालिममा देशभरका ८० जना व्यक्तिहरुको सहभागिता रहेको थियो। यसबाट बीमा समितिले निर्देश गरे बमोजिम कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा वृद्धि भई ग्राहकले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा गरेको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।