काठमाडौं- नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको अनेरास्ववियूले माघ १६ गतेदेखि २५ गतेसम्म विरोधका कार्यक्रम सार्वजनिक गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनमा गर्न लागेको हो। शुक्रबार अनेरास्ववियूले पत्रकार सम्मेलनमार्फत् आफ्ना विरोधका कार्यक्रमबारे जानकारी दिएको छ।
तेस्रो चरणको आन्दोलनको पहिलो दिन शहीद पार्कमा श्रदाञ्जली सभा राख्ने भएको छ। विरोधका कार्यक्रम अन्तर्गत मन्त्रीको गाडी चलाउन नदिनेदेखि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेसम्म राखिएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।