काठमाडौं- राष्ट्रिय सभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हुतिहाराको संज्ञा दिएका छन्। बिडारीले प्रधानमन्त्री ओलीलाई हुतिहारा भनेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनलाई अपशब्द प्रयोग नगर्न सुझाएका छन्।
प्रधानमन्त्री ओलीले जनता तथा राष्ट्रसँग खेलेको बिडारीको तर्क थियो। संसदलाई ‘फेस’ गर्न नसक्ने प्रधानमन्त्री ‘हुतिहारा’ भएको विडारीले भनेपछि प्रधानन्यायाधीश राणाले ‘अपशब्द नबोल्नुस्’ भनेका थिए।
सरकार बनाउने दायित्व संसदको भएकाले सर्वोच्चको क्षेत्राधिकार नहुने बिडारीको दाबी छ। कुन दलको कति सांसद छन् र सरकार बन्छ कि बन्दैन भनेर जोडघटाउ गर्ने स्थान सर्वोच्च अदालत नहुने बिडारीको तर्क छ।
संसद विघटन गरिसकेपछि अर्को सरकार बन्न नसक्ने अवस्थामा विघटन गरेको हुँ भन्ने प्रधानमन्त्रीको आधार तथ्यहीन भएको उनले बताए। रिट निवेदक देव गुरुङको पक्षबाट बहस गरेका बिडारीले प्रश्न गरे, ‘संसद् नै विघटन गरिदिएपछि विकल्प नै छैन भन्ने? रुख काट्ने अनि फूल फूल्या खै? फल लाग्या खै भन्ने?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।