काठमाडौं- विघटित प्रतिनिधि सभाका सदस्य कृष्णभक्त पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले जिउँदोलाई मृत घोषणा गरेको बताएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका रुपमा बोल्दै उनले प्रतिनिधि सभा विघटनका सन्दर्भमा यस्तो बताएका हुन्।
उनले आफूहरू जिउँदो सांसद भएको बताउँदै भने, ‘हामी जिउँदै छौं। हामीलाई मृत घोषणा गर्ने अधिकार प्रधानमन्त्रीलाई दिइएको छैन।’
उनले प्रधानमन्त्री ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभाको हत्या गरेको आरोप लगाए। उनले भने, ‘जिउँदो मान्छेलाई प्रधानमन्त्रीले मृत घोषणा गरेकाले यो ब्युँतिन्छ। प्रतिनिधि सभा पुन:स्थापना हुनुपर्छ।’
आफू संविधानको मस्यौदाकार समेत रहेको बताउँदै प्रतिनिधि सभा जिउँदो बनाउन माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।