काठमाडौं- चार जना पूर्वप्रधानन्यायाधीशलाई आफैं लिखित जवाफ लिएर उपस्थित हुन सर्वोच्च अदालतले आदेश गरेको छ। सर्वोच्च अदालतले पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई सात दिनभित्र आफैं उपस्थित हुन आदेश दिएको हो।
अदालतको अवहेलना मुद्दामा सर्वोच्चले यस्तो आदेश गरेको हो। धनजित बस्नेत र लोचन भट्टराईको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको एकल इजलाशले बिहीबार आदेश दिएको हो।
त्यस्तै, पूर्वसभामुख दमननाथ ढुंगानालाई पनि लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।