काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भनेको भट्टी पसल हो? भन्दै प्रश्न गरेका छन्। बिहीबार नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललाई लक्षित गर्दै आफूलाई काम गर्न नदिएको पनि बताए।
‘मलाई प्रतिनिधि सभा, पार्टीमा कामै गर्न दिएनन्। वास्तवमा त्यसै गरेर पार्टी चल्ने हो भने त्यस्तो पार्टी विघटन गरेर अर्को पार्टी घोषणा गर्नुपर्ने अवस्था आउन सक्थ्यो। चल्दै नचल्ने झगडाको थलो हो? पार्टी भट्टी पसल हो?’, उनले भने।
उनले विभाजनअघि पार्टीको अवस्थाको पनि चित्र गरे। ‘पार्टी त कस्तो भयो भने, अस्वस्थ, जे पनि बोल्ने, जस्तो पनि बोल्ने, गाली गलौज, मुख छाडेको छ, मेरो मान्छेलाई खोई नियुक्ति भनेको छ’, उनले भने, ‘मेरो फलानोलाई खोई नियुक्ति भनेको छ। मेरो पिछलग्गुलाई खोई नियुक्ति भनेको छ। मैले धेरै पटक सोधें- को हो तपाईंको मान्छे भनेको?’
पार्टीमा क्षमता र योग्यताको आधारमा, योगदानको आधारमा, सक्रियताको आधारमा कामको जिम्मा दिन प्रचण्ड-माधवलाई मन नभएको उनले आरोप लगाए।
‘भागबण्डा गर्नुपर्छ। तपाईंको भागमा यति जना, मेरो भागमा यति जना, उहाँको भागमा यति जना। भागबन्डा गर्नुपर्छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।