काठमाडौं- प्रधानमन्त्री केपी ओलीले आफ्नो बुवा नै भर्खर बुढोबुढो हुन थालेकाले आफू अझै बुढो नभएको संकेत गरेका छन्। बिहीबार नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले आफूलाई कमजोर नठान्ने आग्रह गरे।
पार्टी एकता गर्दा ‘केपी ओली बिरामी छ, मरिहाल्छ, आफ्नै भागमा आउँछ’ भन्ठानेका थिए रे भन्ने सुन्छु’, उनले भने, ‘मर्न त केपी ओली मर्छ। मेरो बुवा बल्ल बुढो हुन थाल्नुभयो भने मेरो कुरै नगर्नुस्। मेरो बुवा नै भर्खर बुढोबुढो हुनुहुन्छ। दुई-चार किलोमिटर अहिले नै खुइँखुइँती हिँड्नुहुन्छ। दुई/चारपल्ट अपरेसन गर्यो, नयाँ दुइटा किड्नी लगायो, चारवटा किड्नी बोकेर हिँडेको छ भनेर आजको जमानामा कसैले कमजोर छ भन्ने ठानेको छ भने भ्रम हुन्छ।’
आफ्नो सम्बोधनमा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको आलोचना गरे। उनीहरूलाई पिलो निचोरिएको संज्ञा दिँदै पार्टी महान् शुद्धीकरणमा प्रवेश गरेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।