काडमाडौं- माओवादी केन्द्रका नेता सुरेन्द्र कार्की (राम कार्की) सबै नेता र कर्मचारीले शिक्षा र स्वास्थ्यमा लगानी बन्द गर्नुपर्ने बताएका छन्। संसद् बैठकमा जारी बजेटको विनियोजन सिद्धान्तमाथिको छलफलमा नेता कार्कीले हाम्रो शिक्षा र स्वास्थ्य प्रणाली नै नभएको जनाए।
'स्वास्थ्य भनेको शरीर हो र शिक्षा भनेको मस्तिष्क हो। खै हाम्रो शिक्षा प्रणाली? हाम्रो पाठ्यक्रम पनि अरुले तयार गरिदिन्छन्। हामीले यहाँ के पढ्ने भन्ने पनि अरुले तय गरिदिन्छन्। अरुलाई कोट गर्छौं हामी,' उनले भने, नेपाललाई कस्तो शिक्षित जनशक्ति चाहिएको हो, आगामी २० वर्षमा कस्तो शिक्षित जनशक्ति चाहिन्छ। हामीलाई डाक्टर कति चाहिए, इन्जिनियर कति चाहिए, कृषि विशेषज्ञ कति चाहिए, त्यो कुरा अब हामीले ल्याउन सक्नुपर्यो्, बाहिर देखाउन सक्नुपर्यो नि त।'
उनले जनता भीडमा, मेलामा, जात्रामा हिँडेजसरी हिँडिरहेको उल्लेख गर्दै त्यसरी हिँडेर कतै लक्ष्यमा पुग्न नसकिने बताए। उनले हाम्रो निर्धारण गरेर अघि बढ्न ढिलाइ गर्न नहुने जनाए।
नेता कार्कीले थपे, 'अब हामीले अबेर नगरीकन सबै केन्द्रीय तहका नेताहरु र कर्मचारीका फर्स्ट क्लास अफिसरहरुको शिक्षा र स्वास्थ्यमा लगानी बन्द गर्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।