काठमाडौं- राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीलाई अर्थशास्त्रमा नोबेल पुरस्कारको लागि सिफारिस हुने भयो भन्दै व्यंग्य गरेका छन्।
‘प्रधानमन्त्रीजी नेपालमा नयाँ विकासको लहर दाबी गर्नुहुन्छ। तर, साधारण खर्चमा व्यापक बृद्धि हुने, विकास खर्च न्यून हुँदै जाने र खर्च भएको रकममा पनि व्यापक भ्रष्टाचार हुने वर्तमान यथार्थतालाई हेर्दा यो विकासको नयाँ मोडललाई नेपालको ज्ञान आर्जनमा नयाँ योगदान भनेर अर्थशास्त्रमा नोबेल पुरस्कारको लागि सिफारिस गरे पनि हुने भयो’, लोहनीले फेसबुकमा स्टेटस लेखेका छन्।
आफ्ना भाषणहरूमा प्रधानमन्त्री ओलीले विकासलाई तीव्रता दिइएको बताउने गरेका छन्। उनले नेपालको विकास देखेर संसार चकित परेको दाबी पनि गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।