काठमाडौं- गायिका मेचु धिमालको आवाजमा ‘मैले के बिगारें’ बोलको गीत सार्वजनिक भएको छ। मार्मिक र वियोगान्त गीतलाई लेखु सहयात्रीले रचना गरेकी हुन्।
मेचुको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा संगीत करण राज कार्कीेले दिएका छन्।
भिडियोमा मेचुको अभिनय देख्न सकिन्छ। निर्देशन र कन्सेप्ट मेचुले नै तयार पारेकी हुन्। अभिनयमा उनलाई ज्वाला राइले साथ दिएका छन्। भिडियोमा प्रदेशी बनेका श्रीमान गुमाउनुपर्दाको क्षणलाई व्यक्त गर्ने कोशिस गरिएको छ। भिडियोको छायांकन पिटर गुरुङले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।