काठमाडौं- नेकपा (प्रचण्ड–माधव समूह) ले माइतीघर मण्डलमा आज (बुधबार) देखि धर्ना सुरु गरेको छ। तेस्रो चरणको विरोध अन्तर्गत माघ २१ गतेसम्म धर्ना जारी राखिने यो समूहले जनाएको छ।
धर्नामा संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्य सहभागी भए। प्रतिनिधि सभा विघटनविरुद्ध यो समूहले सोमबार तेस्रो चरणको विरोध कार्यक्रम सार्वजनिक गरेको थियो।
धर्नामा बसेकाहरूले लोकतान्त्रिक शक्तिहरू एक होऔं, संसद विघटन गर्न पाइँदैन, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद लेखिएका प्लेकार्ड टाँसेका थिए। धर्नाको अगुवाइ स्थायी कमिटी सदस्य शक्तिबहादुर बस्नेत, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाललगायतले गरेका थिए।
तेस्रो चरणको विरोध प्रर्दशनसहित सभा हुने जनाइएको छ। बिहीबार बुटलवमा, शुक्रबार विराटनगरमा र शनिबार धनगढीमा प्रर्दशनसँगै सभा गर्ने नेकपा (प्रचण्ड–माधव पक्ष)ले जनाएको छ।
काठमाडौंमा अहिलेसम्मकै बृहत् विरोध सभा माघ २८ मा गर्ने गरि कार्यक्रम सार्वजनिक गरिएको छ।
थप तस्वीरहरू:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।