काठमाडौं- कोभिड-१९ विरुद्धको खोप अभियानको भर्चुअल रूपमा उद्घाटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण (टिचिङ) अस्पताल पुगेका छन्।
उनले टिचिङमा रहेको खोप केन्द्रको निरीक्षण गरी स्वास्थ्यकर्मीसँग खोपका विषयमा जिज्ञासा राखेका छन्। उनले खोप अभियानबारे अस्पतालको तयारीबारे अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेसँग बिफ्रिङ लिए।
शिक्षण अस्पतालका निर्देशक डा दिनेश काफ्लले लगायतले कोभिड खोप लगाइसकेका छन्।
अस्पतालमा खोप अभियान र तयारीबारे जानकारी लिएपछि प्रधानमन्त्रीले खोप लगाइरहेको खोप केन्द्र पुगेर खोप कार्यकतासँग पनि कुराकानी गरेका थिए।
उनले ठट्याैली पारामा भने, ‘म पनि खोप लगाउँथे, अहिले मसँग खोप कार्ड छैन।’
यति भन्दै उनी टिचिङ अस्पतालबाट बाहिएका थिए। प्रधानमन्त्री ओली स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलगायतसँग टिचिङ पुगेका थिए।
आजदेखि देशव्यापी रूपमा कोभिड विरुद्ध खोप अभियान सुरु भएको छ। प्रधानमन्त्री ओलीले खोप अभियानको सुरु गरेका हुन्।
उनले खोप अभियानको शुरूआत गर्दै कोभिड-१९ विरुद्वको लडाइँलाई नयाँ चरणमा उठाएको बताए। उनले छोटो चरणमै देशव्यापी रुपमा खोप अभियान शुभारम्भ गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।