काठमाडौं- नेकपा (प्रचण्ड–माधव समूह) ले माइतीघरमा आज (बुधबार) देखि एकसाता धर्ना दिने भएको छ। तेस्रो चरणको विरोध अन्तर्गत माघ २१ सम्म धर्नाको कार्यक्रम राखिएको छ।
धर्नामा संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्य सहभागी हुने बताइएको छ। प्रतिनिधि सभा विघटनविरुद्ध यो समूहले सोमबार तेस्रो चरणको विरोध कार्यक्रम सार्वजनिक गरेको थियो।
तेस्रो चरणको विरोध प्रर्दशनसहित सभा हुने जनाइएको छ। बिहीबार बुटलवमा, शुक्रबार विराटनगरमा र शनिबार धनगढीमा प्रर्दशनसँगै सभा गर्ने नेकपा (प्रचण्ड–माधव पक्ष)ले जनाएको छ।
काठमाडौंमा अहिलेसम्मकै बृहत् विरोध सभा माघ २८ मा गर्ने गरि कार्यक्रम सार्वजनिक गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।