काठमाडौं- सर्वोच्च अदालतका चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ। बुधबार सर्वाेच्च अदालत खुलेसँगै राजाराम घिमिरे र लाेचन भट्टराई लगायतले अवहेलनाको मुद्दा चलाउन पेश गरेको निवेदन दर्ता भएको हो।
पूर्वप्रधानन्याधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएकाे लिखित वक्तव्य निकालेका थिए।
उनीहरूले विचाराधीन मुद्दामा टिप्पणी गर्दै अदालतकाे अवहेलना गरेकाे दाबी निवेदनमा गरिएकाे छ। निवेदनमा चारै जना पूर्वप्रधानन्यायाधीशले आफैं उपस्थित भएर जवाफ दिन माग गरिएको छ।
उनीहरूकाे अभिव्यक्तिले विचाराधीन प्रतिनिधि सभा विघटनका मुद्दामा हस्तक्षेप गरेकाे जिकिर निवेदनमा छ।
मंगलबार प्रधानमन्त्री केपी ओलीविरुद्ध पनि अदालतको अवहेलनामा दुई थान निवेदन दर्ता भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।