काठमाडौं– विन्ध्यावासिनी म्युजिक प्रालिका कार्यकारी अधिकृत लिना रेग्मीले गायक प्रमोद खरेलले प्रतिलिपी अधिकार हनन् गरेको आरोप लगाएकी छन्। खरेलले ध्वनिअंकन उत्पादन र लगानीकर्ता विन्ध्यावासिनी म्युजिक प्रालिको अनुमतिबिना ट्रयाक प्रयोग गरी विभिन्न ठाउँहरूमा प्रस्तुति दिइ लाखौँ आर्जन गरेको आरोप लगाएकी छन्।
प्रतिलिपी अधिकार ऐनले ध्वनिअंकन उत्पादकहरूको अधिकार ५० वर्षसम्म कायम गरेको उल्लेख गर्दै उनले लेखेकी छन्, ‘विन्ध्यावासिनी म्युजिक प्रालिले आफ्ना ध्वनिअंकन उत्पादन गीत, संगीत, भिडियो र अडियो सिडी क्यासेट सबै ५० वर्षसम्म निर्बाध रूपमा बिक्री वितरण गर्न पाउँछ।’
विन्ध्यावासिनी म्युजिकसँग एल्बम प्रणयमा गायकको हैसियतमा करारमा हस्ताक्षर गरेका प्रस्तोता खरेल, प्रतिलिपी अधिकार ऐन अनुसार प्रतिलिपी अधिकारका धनी नभएको रेग्मीको दाबी छ।
उनले ५७ जना हस्ताक्षरकर्तालाई धन्यवाद पनि दिएकी छन्। ‘अमानवीय षडयन्त्रका प्रमुख पात्र र यसैसँग जोडिनुभएका ५७ जनालाई विशेष धन्यवाद’, उनले लेखेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।