काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको लडाइँलाई माथि उठाएको बताएका छन्।
बुधबार कोभिड-१९ विरुद्धको खोप अभियानको शुरूआत गर्दै उनले छोटो चरणमै देशव्यापी रुपमा खोप अभियान शुभारम्भ गरेको बताए।
भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले भने, ‘कोभिड विरुद्वको लडाइँलाई माथि उठाएका छौँ। खोपमार्फत् यसलाई पराजित गर्न मूर्त रुपमा थालनी गरेका छौँ।’
उनले गएको एक वर्ष निकै कठिन भएको समेत उल्लेख गरे। ‘महामारीका रुपमा फैलिएको कोरोना भाइरसले आंशका, भयबीच चिकित्सक, नर्स, सुरक्षाकर्मी लगायतले गरेको समर्पणको उच्च मूल्याकन गर्दछु।’
उनले कोरोना महामारीबीच कतिपय काम परिपक्व नभएको भन्दै स्थानीय तहको भूमिकाले आवश्यकताको औचित्य पुष्टि भएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।